मानव अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषय अन्तरक्रिया सम्पन्न

  ०७९ मङ्सिर २३ गते

मानव अधिकार रक्षकहरुको दिवस ( ९ डिसिम्बर) को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी लगायत संघसस्थाको सयुक्त आयोजनामा ‘मानव अधिकार संरक्षणमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम मंसिर २३ गते टिकापुरमा सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि ज्ञावलीले संविधानमा सुनिश्चित गरिएका मौलिक हकको प्रकावकारी कार्यान्वयन तथा नागरिकको मानव अधिकारको संरक्षण, सम्बर्धन र परिपुर्ती  गर्ने कार्यलार्य स्थानीय तहदेखि नै प्रभाकारी रुपमा अगाडी बढाउन आवश्यक भएको बताउनु भयो ।

photo20221209kailali (1)

उहाँले राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक, समाजिक तथा सास्कृति अधिकारको संरक्षण, सम्वर्धन तथा परिपुर्तीका लागि राज्यलाई थप जिम्मेवार र जवाफदेखि बनाउने कार्यमा दवाफ दिने र सरकारका राम्रा कार्यक्रम तथा नीतिहरुको कार्यन्वयनमा सहयोग गर्दै आएको बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुका अधिकार तथा कर्तव्य र राज्यको दायित्व विषयमा प्रस्तृति गर्नु भएको थियो ।

उहाँले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणको दायित्व राज्यले लिनु पर्ने भए पनि मानव अधिकार रक्षकबिच समन्वय हुन नसक्नु, साधन स्रोतको कमी, राजनीतिक पुर्वाग्रही चिन्तन, राज्य पक्ष भन्दा गैरराज्य पक्ष बलियो भएको स्थिति लगायतका चुनौती मानव अधिकार रक्षकहरुले भोग्दै आउनु परेको बताउनु भयो ।

photo20221209kailali (2)

सशस्त्र प्रहरी बल, टिकापुरका एसपी त्रिभुवन विष्टले नागरिकको सुरक्षाका लागि आफूहरु सजक र जिम्मेवार रहदै आएको र सीमा क्षेत्रमा लागु औषध र दुव्र्यसनीका घटनाहरु बढी रहेकोले यसको नियन्त्रण गर्न स्वयम अभिभावकहरु सचेत हुनु पर्ने बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी हेमबहादुर शाहीले नागरिकका गुनासाहरुलाई सम्बोधन गर्ने गरी प्रहरीले आफ्ना गतिविधिहरुलाई अगाडी, बढाएको, लागु औषध तथा अपराध नियन्त्रणमा प्रहरीले प्रभावकारी रुपमा काम गरिरहेको, नागरिकहरुको सहयोग बिना प्रहरीले मात्रै अपराध नियन्त्रण गर्न नसक्ने र मानव अधिकारको संरक्षण लगायतका सवालहरुको सम्बोधन गर्न सरोकारवालाहरुको सयुक्त प्रयास आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिला हिंसा न्युनिकरणमा आफूहरु अति नै सम्वेदनशिल भएर काम गरिरहेको समेत बताउनु भयो ।

photo20221209kailali (3)

नागरिक समाज, टिकापुरका अध्यक्ष भिमराम चपाईले यस क्षेत्रका मानव अधिकारको अवस्था विग्रिदै गएकोले मानव अधिकारका सावालहरुलाई सम्बोधन गर्न राज्यलाई थप दवाफ र जवाफदही बनाउन आवश्यक रहेको बताउनु भयो ।

प्रध्यपक बालकुमार चौधरीले टिकापुर क्षेत्रमा मानव अधिकारको अवस्था दयनिय बन्दै गएकोले मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि सरकार, मानव अधिकारकर्मी, राष्ट्रिय मानव अधिकार आयोग लगायत सरोकारवाला पक्षले नियमित रुपमा प्रयत्न गर्न आवश्यक भएको बताउनु भयो ।

हुराड्सका अध्यक्ष बिमला केसीले महिलामाथिको हिंसा दिन प्रतिदिन बढ्दै गएको र नागरिकको आर्थिक, समाजिक तथा सास्कृतिक अधिकार खस्कीदै गएकोले यसतर्फ राज्यका निकायको ध्ययन जान आवश्यक रहेको बताउनु भयो ।

photo20221209kailali (4)

उहाँले टिकापुर घटना राजनैतिक हो की अपराधिक भन्ने विषयमा फरकफरक धारणाले गर्दा यस क्षेत्रको सामाजिक सदभावमा नकारात्मक असर पर्दै आएकोले यसको निरुमणका उपायका सम्बन्धमा राष्ट्रिय मानव अधिकरा अयोगले सरकारलाई सुझाव दिन आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार रक्षकहरुका चुनौती, अवसर र मानव अधिकारको अवस्थाका बारेमा सहभागिहरुले धारण राखेका थिए ।

मैनामोती चौधरी