मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारिताबारे सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दुल्लू नगरपालिकामा सञ्चालन गरेको मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारिता र स्थानीय सरकारको सहकार्य विषयमा फागुन १७ गते सरोकारवालासँग छलफल गरिएको छ ।
मानव अधिकार शिक्षा कार्यक्रमका फोकल पर्सन दुर्गा थापा र प्रलेख अधिकृत पुरनप्रसाद चौधरीको टोलीले दुल्लू नगरपालिका उपमेयर बिना कार्की, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब र प्रेमदेबी माध्यमिक विद्यालय पादुकाका शिक्षक तथा बाल अधिकार समूहका पदाधिकारीहरुसँग छलफल गर्नु भएको थियो ।
उपमेयर कार्कीसँग दुल्लू नगरपालिकामा गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, जातीय विभेद र लैंगिक हिंसा सवालमा पहिचान गरेका समस्या समाधानका लागि पैरवी तथा मागदाबी भएका विषयमा भएका उपलब्धी र नीतिगत पहलहरुका विषयमा छलफल भएको थियो ।
मानव अधिकार समूहले समस्या समाधानका लागि नगरपालिकामा पेश गरेका मागदाबी बारे नगरपालिकाले समाधान गरेकाका कामको अनुभूती र समाधान नसक्नुका चुनौती विषयमा प्रष्ट्याउदै उपमेयर कार्कीले नगरपालिका लगायत सरकारका अरु संयन्त्रहरु र नागरिक समाज संस्थाहरुबाट चाहेको जस्तो सहयोग र तत्परता नपाएको समस्या औल्याउनुभयो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब शिक्षक लाेकेन्द्र बहादुर विसी र प्रेमदेबी माध्यमिक विद्यालय पादुकाका प्रधानाध्यापक मनिराम जैसी तथा बाल अधिकार समूहका पदाधिकारीहरुसँग भएको छलफलमा मानव अधिकार शिक्षा कार्यक्रमकाे सहयोगमा जातीय विभेद, छाउपडी प्रथा उन्मूलन सवालमा प्रदर्शन भएका सडक नाटक र अरु अतिरिक्त क्रियाकलापले पारेको प्रभाव विषयमा छलफल भएको थियो ।
दुल्लू नगरपालिका, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब र प्रेमदेबी माध्यमिक विद्यालय पादुकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गरिएको थियो ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…