मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम अन्तर्गत २०७९ सालदेखि सक्रिय रूपमा राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समूह क्रियाशील रहँदै आएको हो ।
उक्त समूहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य महिला बालबालिका तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा स्थानीय सेवाग्राही र सेवा प्रदायक निकायहरूमा विभिन्न जानकारी आदन प्रदानमा सहजता र सेवाप्रवाहमा सबैको पहुँच पुऱ्याउनका लागि मध्यस्थकर्ताको भूमिकानिर्वाह गर्दै आइरहेको मानव अधिकार समूहका संयोजक विमला गोपालीले बताउनु भयो ।
उहाँले मनहरी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र वातावरण लगाएतका क्षेत्रमा तपशिलका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको र सोही अनुसार ज्ञापन पत्रमा उल्लेख गरी देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई ज्ञापन पत्र बुझाएको बताउनु भयो ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले ज्ञापन पत्र बुझ्दै गाउँपालिकाको शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…