मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम अन्तर्गत २०७९ सालदेखि सक्रिय रूपमा कालिका नगरपालिका स्तरीय मानव अधिकार समूह क्रियाशील रहँदै आएको हो ।
उक्त समूहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य महिला बालबालिका तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा स्थानीय सेवाग्राही र सेवा प्रदायक निकायहरूमा विभिन्न जानकारी आदन प्रदानमा सहजता र सेवाप्रवाहमा सबैको पहुँच पुऱ्याउनका लागि पुलको भूमिका निर्वाह गर्दै आइरहेको मानव अधिकार समूहका सदस्य तथा इन्सेक बागमती प्रदेश, मानव अधिकार समूह उपाध्यक्ष खिलप्रसाद शर्माले बताउनु भयो ।
उहाँले ०८० कात्तिक २२ गते सम्पन्न बैठकले कालिका नगरपालिकाको शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र वातावरण लगाएतका क्षेत्रमा तपसिलका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको र सोही अनुसार ज्ञापन पत्रमा उल्लेख गरी देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकाका प्रशासकीय प्रमुख चुडामणी शर्मा गौतमलाई ज्ञापन पत्र बुझाएको बताउनु भयो ।
कालिका नगरपालिकाका प्रशासकीय प्रमुख चुडामणी शर्मा गौतमले ज्ञापन पत्र बुझ्दै नगरपालिकाको शिक्षा, स्वास्थ्य, वातावरण बालबालिका, महिला आदिलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाई ज्ञापन पत्रमा उल्लेख भएका समस्याहरूको समाधान गर्ने प्रतिबद्धताका व्यक्त गर्नु भयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…