मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत इच्छाकामना गाउँपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि इच्छाकामना गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले इच्छाकामना गाउँपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम अन्तर्गत २०७९ सालदेखि सक्रिय रूपमा इच्छाकामना गाउँपालिका स्तरीय मानव अधिकार समूह क्रियाशील रहँदै आएको हो ।

उक्त समूहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य महिला बालबालिका तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा स्थानीय सेवाग्राही र सेवा प्रदायक निकायहरूमा विभिन्न जानकारी आदन प्रदानमा सहजता र सेवाप्रवाहमा सबैको पहुँच पुऱ्याउनका लागि पुलको भूमिका निर्वाह गर्दै आइरहेको मानव अधिकार समूहका सक्रिय सदस्य अन्जना अधिकारीले बताउनु भयो ।

उहाँले ०८० कात्तिक २१ गते सम्पन्न बैठकले इच्छाकामना गाउँपालिकाको शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र वातावरण लगाएतका क्षेत्रमा तपशिलका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको र सोही अनुसार ज्ञापन पत्रमा उल्लेख गरी देखिएका समस्याहरू समाधान गर्नको लागि इच्छाकामना गाउँपालिका प्रशासकीय प्रमुख जगत भुसाललाई ज्ञापन पत्र बुझाएको बताउनु भयो ।

इच्छाकामना गाउँपालिका प्रशासकीय प्रमुख जगत भुसालले ज्ञापन पत्र बुझ्दै गाउँपालिकाको शिक्षा, स्वास्थ्य, वातावरण बालबालिका, महिला आदिलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाई ज्ञापन पत्रमा उल्लेख भएका समस्याहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Photo_080-8-14_Chitwan

दिपेन्द्र अधिकारी