मानव अधिकार वर्ष पुस्तक २०१८ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन भएका घटनाहरूको असार ९ गते कञ्चनपुरमा सरोकारवालाहरूको सहभागितामा पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

Photo20170624Kanchanpur

इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटले कञ्चनपुर जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा १ हत्या, एउटा बलात्कार, ६ ओटा सम्पत्ति क्षति, २७ ओटा घरेलु हिंसालगायत ४० ओटा घटनाहरू समेटिएका छन् ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कञ्चनपुरकी अध्यक्ष भारती सिंहले कञ्चनपुरमा आत्महत्याका घटनाहरू धेरै हुने गरेका कारण आत्महत्याको समेत अनुसन्धान गरी प्रतिवेदनमा समेट्न सुझाव दिइन् ।

मानव अधिकारकर्मी भगवती थापाले ग्रामीण भेगसम्मका घटनाहरू सङ्कलन गर्न सक्रिय हुनुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख शारदा क्षेत्रीले महिला हिंसाका घटनाहरू दिनप्रतिदिन बढीरहेको बताइन् ।

अनलाइन डेस्क