मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि पुस ७ गते समीक्षा गरिएको छ ।
सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले जिल्लामा इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेखीकरण गरी सरोकारवालाहरूबीच समीक्षा गर्दा मानव अधिकारका सवालहरू मजबूत हुँदै आएको बताउनु भयो ।
उहाँले स्थानीय सरकारले इन्सेकसँग सहकार्य गरेर सचेतनात्मक कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी पौडेलले स्थानीयतहमा उप प्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको भए पनि अधिकांश मुद्दाहरू जिल्ला प्रहरी कार्यालयमा जाने भएकोले उल्लेख्य सङ्ख्यामा उजुरी नआएको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला अध्यक्ष टङ्कमाया लिम्बूले इन्सेक सार्वजनिक गरेको घटनाहरू अध्ययन गर्दा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरू पीडित भएको पाइएकोले अब स्थानीय सरकारले महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि ठोस कार्ययोजना बनाएर कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कोमल ठाकुरले मानव अधिकार रक्षाका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।
समीक्षा कार्यक्रममा जिल्लामा २०७६ पुस १६ गतेदेखि यता हत्याका दुई ओटा, बलात्कार र बलात्कार प्रयासका आठ ओटा, आत्महत्या दुरूत्साहनका दुई ओटा घटना गरी १२ ओटा घटना सार्वजनिक गरिएको छ ।
भगिश्वर लिम्बू
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…