मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला दरमुकाम चैनपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले नेपालको संविधानले नै नागरिकका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरेको बताउँदै यसको कार्यान्वयनका लागि समाजका सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
ृउहाँले भन्नु भयो– ‘नागरिकले आफ्नो अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि ध्यान दिन आवश्यक छ । नागरिकले पनि आफ्नो कर्तव्य पालन गरेको खण्डमा समाजमा हुने धेरै अपराधका घटनाहरुमा कमी आउछ । जघन्य प्रकारका अपराधका घटनाहरु मिलापत्र गर्नु हुदैन । यसमा सङ्लग्न व्यक्तिलाई कारवार्ही हुन्छ ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खडकाले इन्सेकले वर्षभरी भएका घटनाहरुको सङ्कलन गरी सार्वजनिक गर्ने कार्यले सरोकारवाला पक्षलाई पनि सचेत गर्दै आएको बताउँदै समाजमा मानव अधिकारको संरक्षण र शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कहिले काही बिभिन्न घटनामा प्रहरीलाई जोडने कार्य पनि भएको छ । तर, प्रहरीले पीडित पक्षले न्याय पाउन भन्ने उद्देश्यले घटनाको अनुसन्धान गर्ने र सोही अनुसार आफ्ना काम गरि रहेको छ । मानव अधिकारको संरक्षण गर्न हामी सबै सयुक्त रुपमा लाग्न आवश्यक छ ।’
फियान नेपाल, बझाङका प्रतिनिधि सिता सिंह र महिला सेभ हाउसका प्रतिनिधि गिता शाहीले जिल्लामा रहेका हलियाहरु लामो समयदेखि सुचिकृत नभएका र कतिपय हलियाहरुसँग लालपुर्जा समेत नभएकोले यस्ता विषयहरु पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्ने र यसको समाधानका लागि सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश केसीले सन् २०२० जनवरीदेखि डिसेम्बर १४ सम्म सङ्कलन गर्नु भएका ४० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु जिल्लास्थित सरोकारवाल पक्षहरुकाबीचमा पुष्टि तथा पुनःपुष्टिका लागि प्रस्तुत गर्नु भएको थियो ।
रमेश केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…
महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा…
वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड
वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक…
यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेकोले कानुनी प्रकियामा जानका लागि समस्या भएको भन्दै…