मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते गमगढीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर ३० गतेसम्म सङ्कलन गरिएका १५ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

कुटपिट  सम्बन्धित छ ओटा, बाल बलात्कार वा यौन दुर्ववहार  एक ओटा, सामुहिक हत्याको एक ओटा, बलात्कारका चार ओटा , महिला हिंसाको दुई ओटा र खाद्य अधिकारसम्बन्धिको एक ओटा गरी जम्मा १५ ओटा घटना प्रस्तुत गरिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारि टोेपेन्द्र केसीले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै घटना सङ्कलनमा इन्सेक बाहेक अन्यले यथार्थ घटना सङ्कलन नगरेको बताउनुभयो । इन्सेकका लागी सङ्कलन गरिएका घटनाहरु लेख्ने कुरामा केहि त्रुटि छन् ती भए गरेका त्रुटिलाई सच्याई मानव अधिकार वर्ष पुस्तकमा राख्न सुझाव दिनु भयो ।

छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले जन युद्धको समय देखि अहिलेसम्म अन्यायमा परेका मानिसहरुको लागि इन्सेक आवाज बनेको र स्थानीय सरकार बनेको छ बर्ष बिति सक्दा पनि स्थानीय सरकारको न्याय समितिमा कुनै पनि घटना न आउने गरेर र अब आउदा दिनहरुमा इन्सेकले स्थानीय तहका न्यायसमितिलाई बिउझाउन इन्सेकलाई सल्लाह दिनु भयो ।

नेकपा एमालेका जिल्ला सचीव सुरेन्द्र मल्लले इन्सेकले सङ्कलन गरेका घटनाप्रति सकारात्मक धारणा राख्दै स्थानीय तहको न्याय समिति भएका प्रतिवेदनमा छुटेका घटनाहरूलाई समेट्न सुझाव दिनु भएको छ । उहाँले विशेष गरेर गाउँमा मानव अधिकार उलङ्घनका घटनाहरू लुकेर रहेकोले ति घटनाको पनि खोजी गर्न इन्सेकलाई आग्रह गर्नु भएको हो । एक पटक घटेको घटना पुनः नदोहिरिने गरी इन्सेकले सङ्कलन गर्नुका साथै न्यायको पहुँजसम्म पुर्याउन इन्सेकलाई  सचीव मल्लले बताउनु भयो ।

जिल्ला नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेक जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो ।

कार्यक्रममा उपस्थित भएका सम्पुर्ण वक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घसंस्थाहरूसंग सहयोग लिएर न्याय माग्नु पर्ने भनाइ राखेका थिए । जिल्लामा खाद्यान्नको अभाव, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था , स्वास्थ्यको अवस्था , घरेलु हिंसाको अवस्था , विभिन्न प्रकारका जातीय र लैङ्गकि विभेदको बारेमा पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।

Photo20231216Mugu (2)

Photo20231216Mugu (3)

Photo20231216Mugu (4)

सर्जन कुमार शाही