मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०८० मङसिर २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक), नवलपरासी पश्चिमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले इन्सेकले सन् २०२३ मा संकलन गरेका घटनाहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगवतीप्रसाद यादवले जिल्लामा रहेका घटनाहरु नछुटुन र छुटेको भए खोजेर समावेश गर्नुपर्ने तथा स्थानिय तहसँग समन्वय गरेर घटना संकलन गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी, स्थानीय तहका न्यायिक समितिका संयोजकहरुलाई सहयोगको लागि आफुले अपिल गर्ने पनि यादवले उल्लेख गर्नुभएकोे थियो ।

यसै क्रममा पूर्व राज्यमन्त्री घनश्याम यादवले अधिकांश घटना अशिक्षा र बेरोजगारीका कारण हुने गरेको बताउँदै मानव अधिकार उल्लङघन न्यूनीकरण गर्न सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरीले घटना न्युनीकरण र सत्य तथ्य बाहिर ल्याउन समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । जिल्ला आदालतका स्रेस्तेदार जानकी रमण यादवले  केही घटनाहरु छुटेको भन्दै छुटेका घटनाहरुलाई समावेश गर्नुपर्ने बताउनु भयो ।

 कार्यक्रममा राजनितिक दलबाट नेपाली कांग्रेसका कार्यवाहक सभापति विक्रम प्रसाद यादव, नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामानन्द यादव, लोकतान्त्रिक समाजवादीका पार्टीका केन्द्रिय सदस्य पुरन चौधरी भ्रष्टचार विरुद्ध निगरानी समितिका अध्यक्ष रामजी ज्ञवाली, एमनेष्टी इन्टरनेशनल ३१ औ समुहका संयोजक हुसेन अन्सारी, पत्रकार महासंघका पूर्व अध्यक्ष केशव पराजुली, सञ्चारकर्मी मोहन पौडेल समेतको सहभागीता रहेको थियो ।

नारायण पराजुली