मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो ६ महिनामा पर्वतमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको ६ महिनाको अवधिमा विभिन्न पाँच प्रकृतिका २७ ओटा घटनाहरू सङ्कलन गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटना ६ ओटा, महिला बलात्कारको एउटा, घरेलु हिंसामा १८ ओटा, जातीय विभेदको एउटा र जनप्रतिनिधि कुटपिटको एउटा गरी कुल २७ ओटा घटनाहरू सङ्कलित छन् ।
यीमध्येको करिब ८० प्रतिशत घटनाका पीडित दलित समुदायमा भएका पनि थापाले बताउनु भएको छ । स्थानीय तहका रूपमा विभाजन गरेर हेर्दा सबैभन्दा बढी घटना जलजला गाउँपालिकामा भएको पाइएको छ । यसलाई न्यूनीकरण गर्नका लागि विभिन्न प्रयासहरू हुँदै आएको भए पनि अघिल्लो ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा घटनामा झनै बृद्धि हुनु दुःखद् रहेको प्रतिनिधि थापाको भनाइ छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम बिकले अधिकांश घटनाहरू दलित समुदायमा भएकोप्रति दुःख व्यक्त गर्दै यसको नियन्त्रण तथा न्यूनीकरणमा सबैको साझा पहल आवश्यक रहेको औँल्याउनु भयो । जुन समुदाय शिक्षा र स्वास्थ्य सेवाबाट कम पहुँचमा छ त्यही समुदायमा नै घटना बढी देखिएको भन्दै उहाँले यसको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य छविलाल तिवारीले घरेलु हिंसा तथा मानव अधिकार उल्लङ्घनका घटना नियन्त्रणको लागि सरोकारवाला पक्षहरूको एउटै उद्देश्य रहनुपर्ने बताउनु भयो । यसको नियन्त्रण गर्नु सबैको साझा दायित्व रहेको पनि उहाँको भनाइ थियो । नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेलले सरकारी कार्यालयले कार्यान्वयन गरेका कार्यक्रमहरू उद्देश्य अनुसार सञ्चालन नहुँदा पनि मानव अधिकारको अवस्थामा प्रगति हुने नसकेको बताउनु भयो । लक्षित कार्यक्रम अनुसार उपलब्धि निकाल्ने गरी काम गर्नुपर्ने भए पनि कामका लागि मात्रै काम हुँदा समस्या भएको उहाँको भनाइ छ ।
महिला मानव अधिकार रक्षक सञ्जाल पर्वतकी अध्यक्ष सरिता भण्डारीले विभिन्न समस्याका कारण पीडितहरू खुल्न नसक्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बाहिर आउन नसकेको बताउनु भयो । इन्सेकको वर्ष पुस्तकमा ज्येष्ठ नागरिकले परिवारभित्रै तथा सामाजिक रूपमा भोग्नुपरेका समस्याहरूलाई मानव अधिकार उल्लङ्घनका घटनाका रूपमा समावेश गर्नुपर्ने उहाँको सुझाव छ ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…