मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन गर्नु अघि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तगा ज्यादतीका घटनाको हेटौँडामा ०७९ पुस १६ गते पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मकवानपुरको आयोजनामा सन् २०२२ भर जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण प्रस्तुत गरी जिल्लाको मानव अधिकारको स्थितिबारे समीक्षा भएको हो । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकावर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।
इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले मानव अधिकार उल्लङ्घन तथा ज्याततीका घटनामा महिला तथा बढी बालबालिका पीडित हुने गरेको इन्सेक प्रकाशन गर्ने वर्ष पुस्तकका लागि सङ्कलित घटनाको अभिलेखबाट देखिएको बताउनु भयो ।
यसले कतिपय अवस्थामा कानुनी प्रकृयाबाट न्यायिक उपचार हुने तथा अपराधिक घटनालाई मानव अधिकार उल्लङ्घनका घटनामा जोड्न नहुने सहभागीको गुनासोमा उहाँले राज्यको दायित्व शान्ति सुरक्षाकायम गर्नु भएको र सो को समुचित व्यवस्था नहुँदा नै मानव अधिकार उल्लङ्घनाका घटनामा बालबालिका तथा महिला पीडित हुने गरेको बताउनु भयो ।
समीक्षाका क्रममा मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० ओटा घटनामा राज्यपक्षबाट सात जना र अन्य पक्षबाट ६६ जना पीडित भएको इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिनुभयो ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित हुनेमा ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङख्यक रहेका छन् ।
जसमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कार, तीन जना यौन दुव्र्यवहार र एक नवजात शिशु हत्याको घटनामा पीडित भएका छन् ।
इन्सेकको अभिलेखालयमा गतवर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ ओटा घटनामा ७३ जना महिला र ५ जना पुरुष पीडित भएका थिए । जसमध्ये बाल अधिकारका ३४ ओटा घटनामा २८ जना बलात्कार, पाँच जना यौन दुव्र्यवहार र एक जना बेचबिखनको प्रयासबाट पीडित भएका थिए ।
गत वर्षको तथ्याङ्कसँग यस वर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा खासै अन्तर नभएको इन्सेक प्रतिनि अधिकारीले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले जिल्लाको मानव अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै घटनाको कारण र निराकरणका उपायबारे खोजी गनुपर्ने बताए ।
कार्यक्रममा अधिवक्ता एवम् सञ्चारकर्मी बालकृष्ण अधिकारीले पीडितको जाहेरी प्रहरीले समयमै दर्ता नगर्दा घटनामा बाह्यहस्तक्षेप बढ्ने र पीडितले उचित न्याय नपाउने बताउनुभयो ।
प्रहरीले आफ्नै प्रतिवदन अनुसार गाँजा खेती न्युनिकरणमा चासो देखाए जस्तै बालविवाहको घटना न्युनीकरणको लागि प्रहरीको कार्यशैलि बदल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बालबालिकासम्बन्धी घटनाहरूको स्रोत बाल हेल्पलाइन १०९८ लाई उल्लेख गर्न सुझाव दिनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा चितवनको ईच्छाकामना गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ईच्छाकामना गाउँपालिका-४…
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…