मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १६ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर महिनासम्मको अवधिमा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा सम्पन्न गरिएको हो ।
समीक्षा कार्यक्रममा जिल्लामा ११ महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ ओटा घटना अभिलेखीकरण गरिएको छ ।
समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार बाल अधिकार, बलात्कार, यौन दुर्व्यवहार सम्बन्धी ६ ओटा, महिलाविरुद्ध हुने बलात्कार पाँच ओटा, परिवार जनबाट हत्या दुई ओटा, हत्या कुटपिट दुई ओटा र घरेलु हिंसासम्बन्धी २२ ओटा मानव अधिकार उल्लङ्घनका घटना भएको उल्लेख छ ।
पतिको कुटाइबाट २५ वर्षीया लीला राईको हत्या भएकोदेखि छिमेकीबाट १९ महिने शिशु बलात्कार घटनामा पीडित भएको घटना इन्सेकले अभिलेख गरेको छ ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले कुनैपनि घटनामा मानव अधिकारलाई केन्द्रमा राखेर प्रहरीले काम गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकारसँग जोडिएको विषयमा समयसमयमा समीक्षा कार्यक्रम राखी मानव अधिकार अभियानलाई सकारात्मक ढङ्गले अघि बढाएको बताउनु भयो । उहाँले जो कोही आरोपितलाई हिरासतमा राख्दा मानवीयताका आधारमा व्यवहार गर्न गराउनको लागि बारम्बार प्रहरी कर्मचरीलाई निर्देशन दिएको र प्रहरीमा आएको उजुरी तत्काल कार्यान्वयनमा लगेको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले गम्भीर प्रकृतिको घटनामा संलग्न भएका आरोपितलाई तत्काल कानुनी दायरामा ल्याउने सवालमा मानव अधिकार उल्लङ्घन भएको आरोप लाग्ने गरेको भन्दै यस्ता घटनामा गहिरिएर अध्ययन गरी अभिलेख राख्न इन्सेकलाई सुझाव दिनुभयो । उहाँले मानव अधिकार रक्षाको सवालमा इन्सेकले खेलेको भूमिकाको प्रशंसा गर्दै राज्यपक्ष र अन्य पक्षलाई समेत गराउने काममा इन्सेक अग्रणी रहेको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
अञ्जु कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…