मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिचमङ्सिर २७ गते समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
सन् २०२२ को जनवरीदेखि डिसेम्बर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जिल्लामा इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु अभिलेखीकरण गरी सरोकारवालाहरूबिच समीक्षा गर्दा मानव अधिकार घटनाहरू न्यूनीकरणका लागि ठोस कार्ययोजनाका लागि आधार तयार हुने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान थापाले मानव अधिकार रक्षाका लागि सबैको साफा प्रयास आवश्यक रहेको बताउनु भयो । उहाँले इन्सेकले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरी सरोकारवालाबिच छलफल चलाउँदा जिल्लाको मानव अधिकारको अवस्थामा बारे जानकारी प्राप्त भएको बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला अध्यक्ष टङ्कमाया लिम्बूले इन्सेकले महिला हिंसा र बलात्कार सम्वन्धि मात्र तथ्याङ्क सङ्कलन मात्र नभई अधिकारको अवस्थाका बारेमा समेत खोजी गर्नुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा अधिकारकर्मी, पत्रकार, मानव अधिकार तथा महिला मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
सुरेश खत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…