मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरू होस्टाइल भएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका वक्ताले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएको कारण थप पीडामा पर्ने गरेको बताएका हुन् ।
उनीहरूले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश पीडितहरू होस्टाइल हुने गरेको बताए ।
बलात्कार, यौन दुव्र्यवहार, हत्या र अधिकांश बहुविवाह कसुरका पीडितहरू अदालतसम्म पुग्दा होस्टाइल भइसक्ने गरेको बताएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले हिंसा पीडितको लागि राहत कोष स्थापना गर्ने, पीडितलाई रोजगारमा जोड्ने र उनिहरूको अवस्थाबारे अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बेरोजगारी, आर्थिक अवस्था कमजोर र अशिक्षाको कारण आरोपितलाई कानुनी दायरामा ल्याउँदै गर्दा उनीहरूको परिवार थप कमजोर बन्दै गएका घटनाहरू सार्वजनिक हुने गरेको भन्दै सरोकारवाला निकायले आरोपितका परिवारका सदस्यको अधिकारका बारेमा सचेत बन्दै अवस्था परिर्वतनको बारेमा सोच्नुपर्ने बताउनु भयो ।
अपराधमा संलग्न व्यक्तिले प्रत्यक्ष रूपमा एक÷दुई जनालाई अन्यायमा परे जस्तो देखिए पनि उसको पछाडि पीडामा पर्नेहरूको सङ्ख्या ठुलो हुने भन्दै ज्ञवालीले स्थानीय सरकार, इन्सेक र सरोकारवाला नियकायहरू अन्य पीडितको बारेमा पनि संवेदनशील बन्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार सङ्गठन नेपालका गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी जिसी कार्कीले हरेक स्थानीय तहले सेवा केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले पीडितलाई न्यायिक निकायसम्म पुग्नको लागि आर्थिक अवस्थाकै कारण समस्या हुने गरेको भन्दै स्थानीय सरकार संवेदनशील हुनुपर्ने बताउनु भयो ।
स्थानीय सरकारले हिंसा पीडितको लागि कोष निर्माण गरेर गर्न सक्ने काम पनि नगरेको भन्दै उहाँले जिल्लाका १० ओटै स्थानीय तहलाई हिंसा पीडित कोष स्थापना गर्नको लागि सबैले दबाब दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक बागलुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को लागि २०२२ जनवरीदेखि जुन १५ सम्म अभिलेख गरिएका २७ ओटा घटनामाथि छलफल गरिएको थियो ।
जसमध्ये बालविवाहको एक, बलात्कार र बलात्कार प्रयासका १०, अपहरण तथा शरीर बन्धकको एकसमेत बाल अधिकार उल्लङ्घनका १२, बहुविवाहका चार, घरेलु हिंसाका आठ लगायत छन् ।
सिर्जना पन्त
सम्बन्धित इन्सेक गतिविधिहरू
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…