मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ ।
जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पुस ८ गते रौतहटमा आयोजित एक कार्यक्रममा इन्सेक रौतहट प्रतिनिधि कोपिला तिमिल्सिनाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना ६४ ओटा उल्लेख छ । जसमध्ये बलात्कार प्रयासका १०, बलात्कारका २८, बहुविवाहका ६, शिक्षकमाथि कुटपिटको एक, बलविवाहको एक, सामूहिक बलात्कारका दुई, एसिड प्रहारको एक लगायतका घटना समेटिएको छ ।
कार्यक्रममा निलहिरा समाजका प्रतिनिधि राधिका तिमल्सिनाले इन्सेकले समग्र मानव अधिकारको विषयमा वकालत तथा घटनाहरूको अभिलेखिकरण गर्दै आएकोले कार्यक्रम सराहनीय रहेको र तेस्रो लिङ्गीको विषयलाई पनि उठान गर्नुपर्ने बताउनु भयो ।
मानव अधिकार निगरानी समूह चन्द्रनिगाहापुरका सदस्य नर्मदा लामाले पीडितको न्यायका लागि सम्बन्धित निकायमा समन्वय गर्ने गरेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले जिल्लामा जनसङ्ख्या बढेकाले अपराध तथा उल्लङ्घनका घटना पनि बढेको बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले इन्सेकको काम मर्यादित, अनुशासित र सत्य तथ्यमा आधारित हुने भएकाले इन्सेकलाई धन्यवाद दिनु भयो । उहाँले आगामी दिनहरुमा अझै सुक्ष्म ढङ्गले घटनाहरुको अभिलेख राख्न आग्रह गर्नु भयो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…