मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ६ गते पर्सामा सम्पन्न गरिएको छ ।
पर्सामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले पस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा ७५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू उल्लेख छ । त्यसमध्ये बालिका बलात्कारका ३७ ओटा घटना छन् ।
महिला बलात्कारका नौ, बलात्कार प्रयासका पाँच, बालविवाहका चार, बहुविवाहका चार, हत्याका पाँच, बेचबिखनका तीन, ‘बोक्सी’को आरोपका दुई ओटा लगायतका घटना प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी रमेशकुमार बस्नेतले कानुनको अनभिज्ञता क्षम्य नहुने भन्दै सबै मानिसले कानुनको जानकारी राख्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नै पर्ने भएकाले कानुन कार्यान्वयन गर्ने क्रममा राज्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटना नहोस भन्ने विषयमा प्रहरी निकै संवेदनशील भएको बताउनु भयो ।
इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले यस वर्ष बालबालिका पीडित भएका घटना बढी भएकाले बालबालिकामा अभिभावकत्व भूमिका कम भएको पाइएको बताउनु भयो ।
‘यो समाजको लागि अत्यन्त गम्भीर र चिन्ताको विषय रहेको भन्दै उहाँले दाइजोसँग जोडिएर हुने मानव अधिकार उल्लङ्घटनाका घटनाले समाजमा फैलाइने सचेतनाका कार्यक्रमहरूको प्रभाव कम भएको देखिएको छ ।’–लामिछानेले भन्नु भयो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…