मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते मलङ्गवामा सम्पन्न गरिएको छ ।
जनवरीदेखि डिसेम्वर १९ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा राज्यबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा चार जना, अन्य पक्षबाट भएका घटनामा चार जनाको हत्या, यौनजन्य हिंसाबाट सात, बलात्कारबाट १३, झडपमा भएकव् कुटपिटबाट १६, अपहरणबाट एक जनालगायत ५३ जना पीडित भएका उल्लेख छ ।
कार्यक्रममा मलङ्गवा नगरपालिकाका प्रमुख नरिसल साहलले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरी सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने कार्य सराहनीय रहेको भन्दै इन्सेक प्रतिनिधिले अझै जिल्लाभरिको स्थानीय तहसम्म पुगेर यस्ता घटना उजागर गर्न सुझाव दिनु भयो ।
पत्रकार अनबर अहमद मिकरानीले जिल्लामा भएका कतिपय घटना छुटेको देखिएकोले मानव अधिकारसँग जोडिएको घटना नछुटिने गरी समेट्न सुझाव दिनु भयो ।
न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज र छिटोछरितो न्याय पाउने आशा गर्दै ओरेक नेपालकी जिल्ला संयोजक देवकुमारी महराले मानव अधिकारको संरक्षणमा सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइँले मानव अधिकारकर्मीहरूले वास्तविक दोषीलाई र वास्तविक पीडितलाई न्यायको प्रक्रियामा ल्याउनको लागि सहजिकरण गर्नुपर्ने बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…