मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि मङ्सिर २६ गते समीक्षा गरिएको छ ।
सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो ।
समीक्षामा इन्सेक प्रतिनिधिले जिल्लामा अघिल्लो वर्ष १२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएकोमा यस वर्ष सन् २०२१ को जनवरीदेखि नोभेम्वरसम्मको ११ महिनाको अवधिमा १८ ओटा मानव अधिकारसँग जोडिएका घटनाहरू अभिलेखीकरण गरेको छ।
११ महिनाको अवधिमा हत्यामा ६ जना, बालिका बलात्कारमा तीन जना, बालयौन दुर्व्यवहारमा एक जना , घरेलु हिंसा बहुविवाहमा दुइ जना, महिला बलात्कारमा पाँच जना, महिला यौन दुर्व्यवहारमा एक जना महिला पीडित भएको घटना सार्वजनिक गरिएको छ ।
समीक्षा कार्यक्रममाका प्रमुख अतिथि नेपाल प्रत्रकार महासंघका उपाध्यक्ष ठाकुर शेनेहाङ इन्सेकले महिला हिंसा र बलात्कार सम्वन्धि मात्र तथ्याङ्क सङ्कलन नगरी अन्य अधिकारका अवस्थाका बारेमा समेत खोजी गर्नुपर्ने सुझाव दिनु भएको छ । उहाँले इन्सेकले सार्वजनिक गर्ने वर्ष पुस्तकमा महिला हिंसा र बलात्कारका तथ्याङ्क बढी उल्लेख भएको पाइएकोले आगामी दिनमा शिक्षा, स्वास्थ्यका बारेमा समेत खोजी गरेर बास्तविक अवस्थाको उजागरण गर्नुपर्ने बताउनु भयो।
समीक्षामा सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपाने जिल्लामा सार्वजनिक गरिएको तथ्याङ्क र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको मुद्दाबीच तालमेल हुनुपर्ने सुझाउनु भयो ।
इन्सेकका पूर्व प्रतिनिधि छत्र रिमाले मानव अधिकार रक्षा गर्ने सवालमा इन्सेकले जिल्लामा खेलेको भूमिका खेलेको बताउनु भयो ।
समीक्षा कार्यक्रममाका इन्स्पेक्टर देबिदत्त महतेले गम्भीर प्रकृतिको घटनामा संलग्न भएका आरोपितलाई तत्काल कानुनी दायरामा ल्याउने सवालमा मानव अधिकार उल्लङ्घन भएको आरोप लाग्ने गरेको भन्दै यस्ता घटनामा गहिरिएर अध्ययन गरी अभिलेख राख्न इन्सेक प्रतिनिधिलाई सुझाव दिनुभयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल तेहृथुमका अध्यक्ष टङ्कमाया तिगेलाले मानव अधिकार सम्बन्धी काम गर्ने संस्थाहरूबीच समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अधिकारवादी संस्थाहरू एक भएर विभिन्न कार्यक्रम सञ्चालन गर्नुको विकल्प समेत नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अधिकारकर्मी, पत्रकार , मानव अधिकार तथा शान्ति समाज, महिला मानव अधिकारको सहभागिता रहेको थियो ।
सुरेश खत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…