मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि कर्णाली प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १९ गते सुर्खेतमा सम्पन्न भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा प्रदेशका दशओटै जिल्लाका प्रतिनिधिहरूले अभिलेखिकरण गरेका घटनाहरूको विवरणसहित सम्पादनका लागि पुस १८ र १९ गते वार्षिक सम्पादन भेला आयोजना गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनुभयो ।
मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठी र इन्सेक अनलाइन सम्पादक रमेश प्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूले अभिलेख गरेका घटनामा छुटेका तथ्याङ्क र पुष्टि गर्नुपर्ने घटनाको आवश्यक विवरणका लागि सल्लाह, सुझाव दिनुभयो थियो ।
उहाँहरूले वर्ष पुस्तक प्रकाशनले नीति संशोधन गर्न र न्याय नपाएकाहरूलाई न्याय प्राप्तिको सारथी बन्ने भन्दै सत्य तथ्य घटना सङ्कलन गर्न आग्रह गर्नुभयो ।
भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरूले जिल्लामा विगतको तुलनामा अपराधका घटनामा कमी आएको भन्दै मानव अधिकार अवस्थाका बारेमा जानकारी गराएका थिए ।
कर्णाली प्रदेशमा सन् २०२१ मा चार सय ५० बढी घटना अभिलेख गरिएको जिल्ला प्रतिनिधिहरूको भनाइ छ ।
पूर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…