मानव अधिकार वर्ष पुस्तक वार्षिक सम्पादन भेला सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को वार्षिक सम्पादन भेला पुस १८ गते पोखरामा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस १७ र १८ गते चलेको भेलामा सन् २०२२ मा भएका मानव अधिकार उल्लङ्घनका घटनाका विषयमा छलफल भएको थियो ।
सम्पादन भेलामा गण्डकी प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकारको अवस्था र चुनौतीका विषयमा जानकारी गराउदै जिल्लामा अभिलेख गरिएका घटनाहरूको बारेमा प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले छलफल र अन्तरक्रियाले कामलाई सहज बनाउने बताउनु भयो । पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएपनि सबै घटना बाहिर आउन नसकेको उहाँको भनाइ थियो ।
कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिना र गोविन्द त्रिपाठीले वर्ष पुस्तकमा समावेश गरिने घटनाहरूको पुष्टि र पुर्नपुष्टिको बारेमा सहजीकरण गर्नुभएको थियो ।
नारायण क्षेत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…