मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि पर्सा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा असार १५ गते सम्पन्न गरिएको छ ।

Photo20170629Parsa

कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सन् २०१७ को जनवरीदेखि जुनसम्मका घटनाहरूका विषयमा जानकारी गराएका थिए । ६ महिनाको अवधिमा हत्याका पाँच, मानव बेचबिखनका दुई, बलात्कार प्रयासका तीन, बलात्कारका ६, बहुविवाहका दुई, शरीरबन्धक तथा अपहरणका एक घटना भएको उनले बताएका थिए ।

कार्यक्रममा अधिवक्ता हरेराम सर्राफले मानव अधिकार उल्लङ्घनका घटनाहरू राज्यका संयन्त्रमा दर्ता भए भन्दा बढी रहेको चर्चा गरे । उनले नागरिकको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार उपभोगको अवस्था निर्माणमा साधक हुनु पर्ने राज्यनै बाधक भएर देखा परेको आरोप लगाए । अधिकारको उपभोगको वातावरण बनाउनुको साटो राज्यले बनाएका प्रक्रियाहरूले झन् बाधा सृजना गरेको उनको आरोप थियो ।

Photo20170629Parsa1

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्रराज जोशीले नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटिबद्ध रहेको बताए । शून्य सहनशीलता, भ्रष्टाचारमुक्त र मानव अधिकारको रक्षाका लागि पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको उनको भनाइ थियो । उनले महिलासँग सम्बन्धित विषयलाई सम्वेदनशील रूपमा हेर्ने र छिटो सेवा दिने गरिएको बताए ।

इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ