मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
असार ८ गते सिरहाको लहानमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०२२ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गर्नु भएको ४२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा उल्लेखित घटना मध्ये राज्य पक्षबाट दुई र अन्य पक्षबाट ४० घटना भएको हो । बालिका बलात्कारका ६, यौन दुव्र्यवहारको तीन, महिला बलात्कारका आठ, परिवारजनबाट हत्या दुई, बहुबिबाहका १२, आगजनी एक, सपत्ति क्षति एक, गिरफ्तार एक, आत्म हत्या दुरुत्साहन एक, हत्या ६ र दुव्र्यवहार एक घटना प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला प्रतिनिधिले अभिलेख गर्नु भएको ४२ घटनामा १९ पुरुष र ३३ महिला गरी ५२ जना पीडित भएका छन् ।
समीक्षा बैठकमा लहान नगरपालिकाका नगर उपप्रमुख रामचलितर महतोले न्यायिक समितिबाट दिइने न्याय प्रक्रियालाई चुस्तदुरुस्त बनाइ कार्य गर्ने बताउनु भयो ।
समाजमा लैङ्गिक हिंसामा महिला मात्रै नभई पुरुष समेत पीडित हुने भएकोले पीडित मुखि भएर सबैको सहकार्यमा न्याय सम्पादन गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
उपप्रमुख महतोले एक्लैको पहलमा केही गर्न नसक्ने भएकोले नेपाल प्रहरी र संघ संस्थाहरुले मिलेर जनचेतना फैलाउन आवश्यक रहेकोले यसका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा मार्गदर्शन दिने गरेको बताउनु भयो ।
मानव अधिकार वर्ष पुस्तकले कुन क्षेत्रमा काम गर्नु पर्ने भन्ने सन्दर्भमा सुझाब समेत दिएको उहाँको भनाई थियो । प्रहरी एक्लैले मानव अधिकारको संरक्षण तथा अपराधको न्यूनिकरण गर्न नसक्ने हुँदा यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो ।
अधिकारकर्मी देवराज पोखरेलले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक सबैको सोधको पुस्तक भएको बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…