मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते मलङ्वामा सम्पन्न भएको छ ।
सन् २०२२ को जनवरी १ देखि जुन १६ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याद्तीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधिले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरीको गोली लागी दुई जना घाइते, एक जना समान्य घाइते र प्रहरीको कुटपिटबाट एक घाइते भएको उल्लेख छ ।
त्यस्तै अन्य पक्षबाट हत्याका दुई, महिला हिंसा तथा यौन दुव्र्यवहारका चार, बलात्कार प्रयासका सात, झडप तथा कुटपिटका दुई, अज्ञात व्यक्तिबाट भएको घटना एक, अपहरणका एक र बलात्कार कसुरमा जिल्ला अदालतबाट भएको फैसला सात गरी २९ ओटा घटना सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
इन्सेकले मानव अधिकार उल्लङ्घन घटना अभिलेख गरेर सरकार तथा स्थानीय सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने कार्य सराहनीय रहेको मलङ्गवा नगरपालिकाका उप–प्रमुख सकुन्तला देवी साहलले बताउनु भयो । इन्सेक प्रतिनिधिले जिल्ला भरिको स्थानीय तहसम्म पुगेर मानव अधिकारसम्बन्धी घटनाहरुको बारेमा कार्यक्रम जनचेतना मुलक कार्य योजना बनाई उजागर गर्नको लागी उहाँले सल्लाह–सुझाव दिनु भयो ।
लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक मनोज यादवले जिल्लामा भएका कतिपय घटना छुटेको देखिएकोले मानव अधिकारसँग जोडिएको सर्लाही जिल्लाका घटनाहरु नछुटोस् भने सल्लाह–सुझाव दिनु भयो ।
न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज र छिटोछरितो न्याय पाउने गरि एक अर्काको सहयोग मिल्ने गरि मानव अधिकारको संरक्षणका लागि संघ–संस्था र पत्रकारले काम गर्नु पर्नेमा ओरेक नेपालकी प्रतिनिधि दुर्गा थापाले जोड दिनु भयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले बाँच्न पाउने अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सहज पहुँचबाट दलित तथा विपन्न समुदाय पिछडिएको अवस्था जिल्लामा देखिएको बताउन भयो ।
इन्सेकले मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गर्नु र सरोकारवाला निकायसँग घटनाको पुष्टि तथा पुर्नपुष्टि गर्ने कार्य गर्नु सराहनीय रहेको मलंगवा नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष धिरेन्द्र साहले बताउनु भयो ।
महिला हिंसा, बालविवाह र बहुविवाह लगायतका घटनाहरु हुन नदिन विशेष ध्यानमा राखेर वडाले कार्य गर्ने प्रतिबद्धता उहाँले जनाउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण पोखरेलले मानव अधिकारकर्मीहरूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र वास्तविक पीडितलाई न्यायको प्रक्रियामा ल्याउनको लागि सहजिकरण गर्न आग्रह गर्नु भयो ।
कानुनको दायरामा रहि काम गर्नु पर्ने रहेकोले आफूले पीडितको न्यायका लागि सहज बनाउने प्रतिबद्धता उहाँले जनाउनु भयो ।
बुधन साह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…