मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०७४ असार ५ गते धादिङबेसीमा सम्पन्न गरियो ।
मानव अधिकारको प्रत्यक्ष सरोकार राख्ने र अप्रत्यक्ष सरोकार राख्ने घटनाहरूबारे समीक्षा गरिएको कार्यक्रममा इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जिल्लाको मानव अधिकार घटनाका बारेमा जानकारी दिए ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा यस वर्ष बलात्कार र बलात्कार प्रयासका घटना धेरै भएको उल्लेख छ ।
सन् २०१७ को ६ महिनाको अवधिमा यस किसिमका नौ ओटा घटना भएको छ । घरेलु हिंसाका पाँच, बहुविवाहका दुई, मानव बेचबिखनको एक र बाल विवाहको एक घटना रहेकोले यस वर्षगैरराज्यको तर्फबाट भएका महिला अधिकार उल्लङ्घनका घटना धेरै रहेको उल्लेख छ ।
यस वर्ष स्थानीय तहको निर्वाचनसमेत रहेकोले निर्वाचनको क्रममा भएको झडपको घटनामा १७ जना घाइते भएको, चार ओटा सवारी साधनमा आगजनी भएको, विद्यालयको गाडी प्रयोग गरिएको, विद्यालयमा कार्यक्रमहरू गरिएको जस्ता घटनाहरू जिल्लामा रहेको सो अबसरमा जानकारी गराइएको थियो ।
सिताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…