मानव अधिकार वर्षपुस्तक २०२१ को लागि पूर्व समीक्षा सम्पन्न
इन्सेक नवलपरासी ( पश्चिम ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले जिल्लामा सन् २०२० जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३ वटा घटना प्रस्तुत गर्नु भएको थियो । जस मध्ये गिरफ्तारी चार वटा, धम्की र कुटपिट पाँच वटा, जातीय विभेद एक, बाल अधिकार अन्तरगत बलात्कार तथा यौन दुर्व्यवहारका २५ वटा, अपहरण पाँच वटा, महिला अधिकार अन्तरगत बलात्कार सात बलात्कार प्रयासक चार वटा घरेलु हिंसा ३७ वटा, बहुविवाह चार वटा बेचबिखन पाँच वटा, परिवारजनबाट हत्या चार वटा र कारागारमा मृत्यु २ वटा रहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख शिबसङ्ंकर प्रसाद रायले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखीकरणमा इन्सेकले गरेको कामको सराहना गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले कानुनी प्रक्रियामा जान नसकेका घटनालाई मात्रै समावेश गनुपर्ने सुझाव दिनु भयो ।
नारायण पराजुली
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…