मानव अधिकार वर्षपुस्तक-२०१७ प्रकाशन पूर्व समीक्षा कार्यक्रम
इन्सेक तेह्रथुमको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, गैरसरकारी सङ्घसंस्थाहरूका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा इन्सेक तेह्रथुमका जिल्ला प्रतिनिधि भगिश्वर लिम्बुले अधिकांश ज्यादती गैरराज्यबाट भएको घटना सार्वजनिक गरेका छन् ।
कार्यक्रममा सन् २०१६ जनवरी १ देखि डिसेम्बर सम्ममा गैरराज्यबाट हत्या एक, कुटपिट दुई, बलात्कार र बलात्कार प्रयास चार, घरेलु हिंसाका नौ ओटा घटना अभिलेख गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले अधिकांश घटनाहरू अध्ययन गर्दा मादक पदार्थ सेवन गरी भएको पाइएकोले अब गाउँगाउँमा सचेतनात्मक कार्यक्रमसमेत सञ्चालन गर्नु पर्ने सुझाव दिइन् ।
स्थानीय शान्ति समितिका संयोजक देउनारायण सम्बाहाम्फेले अधिकारकर्मीहरूले मानव अधिकारसँगै अब खाद्य सुरक्षाको बारेमा पनि खोजी गर्नु पर्ने धारणा राखे । जिल्लामा अहिले अन्य अधिकारले खाद्य अधिकार ओझेलमा परेकोले अव इन्सेकले यससम्बन्धमा समेत चासो दिनु पर्ने बताए ।
पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष उद्धब तिम्सिनाले घटनाहरू सार्वजनिक गर्नु अघि पीडितको गोपनीयतालाई समेत ख्याल गर्नु पर्ने बताउँदै आगामी दिनमा अधिकारकर्मीहरू सचेत हुन समेत अग्रह गरेका छन् ।
भगिश्वर लिम्बु
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…