मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यनाकर्षण पत्रमा नेपालको सविधान २०७२ ले मौलिक हकको परिकल्पना गरेको छ । सोको कायर्यान्वयनका लागि सङ्घीय संसदको कानुन न्याय तथा मानव अधिकार समिति रहेको छ । यी मौलिक हकमध्ये धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा ३० मा स्वच्छ वातारणको हक, धाग ३१ मा शिक्षासम्बन्धी हक, धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको भन्दै दलित समुदायका हक अधिकार सुनिश्चितका लागि प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।
त्यस्तै भाग ३ को धारा ४० मा दलितको हक १ मा दलित विद्याथीलाई प्रार्थामकदेखि उच्च शिक्षासम्म कानून बमोजिम छात्रवृत्तिहित निशुल्क शिक्षाको व्यवस्था गरिने उल्लेख भएपनि कर्णालीका अधिकांश भुभागमा उक्त व्यवस्थाको कायार्यन्वयन नभएको उल्लेख गरिएको छ ।
बाल अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक पक्षका विषयमा ध्यानाकर्षण गरेको छ । ध्यानाकर्षण पत्र बुझदै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा, स्वास्थ्य, बालबालिकाको अधिकार, वातावरणीय र दलितको अधिकारलाई सुनिश्चितता गर्ने गरी प्रदेश सरकार अगाडि बढिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको क्षत्राधिकारभित्रका काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, फोकल पर्सन ललिता विक, प्रदेश स्तरीय मानव अधिकार समुहका अध्यक्ष इन्द्रा विसी, प्रदेश स्तरीय बाल अधिकार समूहका अध्यक्ष सुनिल सिंह सुनार लगायत समूहमा आबद्ध दैलेख र सुर्खेतका विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…