मानव अधिकार रक्षाका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाको जोड

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम भोजपुर सदरमुकाममा कात्तिक २७ गते सम्पन्न गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि गणेश विष्टले सन् २०१८ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्ल‹न तथा ज्यादतीका ८४ ओटा घटना प्रस्तुत गरेका थिए ।

Photo20181113Bhojpur (1)

जसमा बलात्कारका १९, बलात्कार प्रयासका आठ, कर्तव्य ज्यानका नौ, घरेलु हिंसाका १२, कुटपिट तथा गालीगलौजका ३०, बहुविवाह दुई, हत्या प्रयासका चार, मानव बेचबिखनको एउटा घटना इन्सेकमा अभिलेख गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको वास्तविक अवस्था देखाएको बताए ।

Photo20181113Bhojpur (2)

त्यसैगरी जिल्लामा बलत्कारका घटना दिन प्रतिदिन बढिरहेकाले यसतर्फसबैको ध्यान जानु पर्नेमा जोड दिए । यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न स्थानीय तह प्रहरी प्रशासन तथा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । उनले स्थानीय तहले मानव अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नु पर्ने जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र झन्-झन् बिग्रदो अवस्थामा रहेकाले सबै एकजुट भएर समस्या समाधानका लागि लाग्नुपर्ने बताए ।

जिल्ला प्रहरी डिएसपी केशवकुमार थेवेले प्रहरी सधैँ मानव अधिकारको क्षेत्रमा लाग्न प्रतिबद्ध भए केही घटना पहिले दर्ता गर्न र पछि फिर्ता गर्न 'भनसुन'ले समस्या हुने गरेको बताए । जिल्लामा मानव अधिकारको प्रत्याभूतिका निमित्त सुरक्षाको काममा तदारुकताका साथमा लागिरहेको उनले बताए ।

मानव अधिकारकर्मी निर्मला खड्काले जिल्लामा बालिका तथा महिला बलत्कारका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताइन् ।

खड्काले कतिपय अवस्थामा महिला तथा बालिका पीडित हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा न्याय नपाएको गुनासो गरिन् ।

गणेश विष्ट