मानव अधिकार रक्षक पक्षपात रहित हुनुपर्ने नगर प्रमुख रिजालको सुझाव
दुल्लू नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मानव अधिकार रक्षकहरूले पक्षपात रहित तरिकाबाट काम गर्न सुझाव दिनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले जेठ २२ गते दुल्लूमा आयोजना गरेको मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानव अधिकार रक्षकले पक्षपात रहित तरिकाले वकालत तथा पैरवी गरेमा वास्तविक पीडितले न्याय पाउन सहज हुने बताउनुभयो ।
कार्यक्रममा दुल्लू नगरपालिकाका नगर उपप्रमुख बिना कार्कीले समाजमा विद्यमान महिला हिंसा र सबै प्रकारका विभेद तथा असमानता हटाउन इन्सेकको ‘अधिकार २’ परियोजनाले गरिरहेको प्रयासका निम्ति धन्यवाद दिंदै नगरपालिका इन्सेकसँग सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।
कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्यायाधीवक्ता मातृकाप्रसाद खनालले स्थानीय न्यायिक समितिलाई दिइएको अधिकार अनुसार समितिले न्याय सम्पादन गर्दा समाजमा स–साना झैझगडा वा बेमेल समाधान भई शान्ति र सुव्यवस्था कायम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले सबैको अधिकार र न्यायको निम्ति पहल गर्ने मानव अधिकार रक्षकहरू सधैं असुरिक्षित हुने भएकाले उनीहरूलाई स्थानीय सरकारले सुरक्षा र पहिचानको सवालमा ध्यान दिनुपर्ने सुझाव दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूले समुदायमा मानव अधिकार प्रवद्र्धन गर्न गरिरहेका प्रयास र जनप्रतिनिधिबाट गरिएको सहयोग तथा समन्वय विषयमा खुला छलफल गर्नु भएको थियो ।
‘अधिकार २’ परियोजनाको कायक्षेत्र दुल्लू नगरपालिका दुई स्थानमा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । परियोजना अन्तरगत गठित सञ्जाल र नवनिर्वाचित जनप्रतिनिधिकाबीच सहकार्य र समन्वय बढाउन अन्तरक्रिया गरिएको कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिनु भएको छ ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…