मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न ऐन बनाइ लागु गर्नुपर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
मानव अधिकार रक्षकहरूको सुरक्षाका आवश्यक संयन्त्रसहित विशेष व्यवस्था गर्न र मानव अधिकार आयोगद्वारा जारी गरिएको मानव अधिकार रक्षकहरूसम्बन्धी मार्ग निर्देशिका-२०६९ लाई अक्षरश लागु गर्न भेलाले माग गरेको छ । नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि अनुसारको राष्ट्रिय कानुन र संयन्त्रको निर्माण र कार्यान्वयनका लागि विशेष आग्रह गर्दै नेपाल पक्ष राष्ट्र हुन बाँकी सन्धिहरूको यथाशीघ्र चाँडो अनुमोदनका लागि भेलाले माग गरेको छ । भेलाले शान्ति सम्झौताले परिकल्पना गरेका सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रले प्रभावकारी काम गर्न नसकेकोप्रति चिन्ता जाहेर गरेको छ ।
भेलाले राष्ट्रिय मानव अधिकार आयोगबाट भएका सिफारिसहरूको पूर्ण कार्यान्वयन गर्न र सिमान्तकृत अवस्थामा बाँच्न बाध्य दलित, आदिवासी, मधेसी, मुस्लिम, कमैया, कमलरी, कर्णाली क्षेत्र, महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको विकासको संरक्षण र सहभागिताको अधिकारलाई सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
राज्यका श्रोत-साधनको बाँडफाँडमा असमानता, आर्थिक विकास नहुनु र गरिवी भएको देखिँदा त्यसको उन्मूलनका लागि विकासमा मानव अधिकारमुखी पद्वती, नीति-निर्माण र कार्यान्वयन तहमा लागु गर्न भेलाले माग गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले उद्घाटन गर्दै भेलामा मानव अधिकार रक्षकहरूले मानव अधिकार आयोगका काम कारबाहीको अनुगमन गर्न सुझाएका थिए । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले उद्घाटन सत्रमा मानव अधिकार आयोगमा मानव अधिकार डेक्सको स्थापना र मानव अधिकार रक्षकहरूलाई परिचय-पत्र प्रदान गर्न सुझाएका थिए ।
भेलामा नेपाल प्रहरी मानव अधिकार शाखाका प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा नेपाल प्रहरी मानव अधिकार रक्षकहरूसँगै मिलेर काम गर्न तयार रहेको बताएका थिए ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि आपसी समन्वय र सहकार्य गर्न जोड दिए । समापन समारोहमा बोल्दै उनले काम गर्ने क्रममा हुने कमीकमजोरीबाट जोगिन आचार-संहिताको पूर्ण पालनामा जोड दिए । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले काम गर्दा चुनौतीहरू मात्र नभएर अवसरहरू पनि आउने बताए ।
भेलाको समापन समारोहमा सहभागीका तर्फबाट उर्मिला यादवले मानव अधिकार रक्षकहरूको अधिकार बुझ्नका लागि भेला महत्वपूर्ण भएको बताइन् । सुदिप गौतमले लैङ्गिक अल्पसङ्ख्यक अधिकारका लागि लागिपरेका रक्षकहरूलाई पनि सँगै समेटर लैजान सुझाए । भेलाका सहभागीहरूलाई तीन समूहमा विभाजन गरेर काम गर्ने दौरानमा मानव अधिकार रक्षकहरूले भोग्नुपरेका समस्या, भूमिका र चुनौतीका विषयमा छलफल भएको थियो ।
भोजराज तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…