मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रोल्पाको आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भदौ ११ गते लिवाङमा सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेजराज सुवेदीले मानव अधिकारको सङ्क्षण गर्नु सरकारको दायित्व भएको र जहाँ मानव अधिकार उल्लङ्घन हुन्छ त्यहाँ सरकारको कमजोरी हुने बताउनु भयो । वर्षातमा पहिरोका कारण बिरामीहरू अस्पतालसम्म पुग्न समस्या भएको बताउनु भयो र स्थानीय स्तरमा नागरिकले खाद्यन्न लिएर जान सक्ने अवस्था नरहेको डिएसपी सुवेदीले बताउनु भयो ।
इन्सेकका साधारण सदस्य तथा मानव अधिकार सचेतन केन्द्र (हुरेक)नेपालका अध्यक्ष घनश्याम आचार्यले मानव अधिकार उल्लङ्घनका धेरै घटनाहरू गाउँघरमै मेलमिलाप हुनाले प्रहरी कार्यालय र सञ्चार माध्यमहरूमा तथ्याङ्क कम आएको बताउनु भयो ।
अचार्यले स्वास्थ्य बिमाको बारेमा जनकारी नहुनु, स्वास्थ्य संस्थामा भरपर्दो सुविधा नहुँदा सुत्केरीहरूले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको बताउनु भयो ।
मानव अधिकारकर्मीको सुरक्षा र सङ्क्षण सम्बन्धि आदेश कार्यान्वयनमा आए मानव अधिकार उपभोग तथा मानव अधिकारको सवालमा काम गर्नेहरूको सुरक्षा र सङ्क्षण हुने नेपाल पत्रकार महसंघ रोल्पाका पुर्व अध्यक्ष खेम बुढा मगरले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले स्थानीय स्तरमै आधारभुतरुपमा मानव अधिकारको अवधारणा बुझाउन सकेको खण्डमा स्वयम नागरिकले मानव अधिकारको उपभोग गर्न पाउनेमा जोड दिनु भयो ।
स्थानीय तह आइसकेपछि अधिकांश घटनाहरू स्थानीय स्तरमै मिलापत्र गरिनु र त्यस्ता समस्याहरूलाई समेट्न नसक्नु नै मानव अधिकार रक्षकहरूको चुनौति भएको पत्रकार माधवकुमार वलीले बताउनु भयो ।
तिलक घर्ती मगर
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…