मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा जिल्लास्थित सरोकारवालहरूसँग मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्रक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम भदौ १३ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हाल जिल्लामा मानव अधिकारकर्मीलाई कामका दौरानमा कुनै पक्षबाट असुरक्षित भएको भन्ने जानकारी आफूलाई नआएको बताउनु भयो । अधिकार कर्मी असुरक्षित भएको जानकारी आएमा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङरक्षणका लागि तयार रहेको प्रजिअ भुसालले प्रतिबद्धता जनाउनु भयो ।
जिल्ला स्तरीय मानव अधिकार सञ्जालका संयोजक पार्वता आचार्यले पुरुष मानव अधिकारकर्मी भन्दा महिला अधिकारकर्मीलाई सुरक्षामा चुनौति आउने गरेकोले राज्यले त्यसतर्फ चासो दिनु पर्ने बताउनु भयो । अधिकारकर्मीसँग राज्य पनि छ भन्ने वातावरण राज्यले निमार्ण गर्नु पर्ने अचार्यले बताउनु भयो ।
पत्रकार महासङ्घका सदस्य प्यार अली खाँनले जिल्लामा अधिकारकर्मीलाई काम गर्ने क्रममा ठुला घटना नभए पनि समान्य धम्की आउने गरेको र आगामी दिनमा आउन सक्ने भएकाले सुरक्षाको विषयमा राज्यले समयमै तयारी गनुपर्ने भनाई राख्नु भयो ।
कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय कानुन महाशाखा (मानव अधिकार प्रवद्र्धन शाखा)ले तयार पारेको मानव अधिकार रक्षकहरूको सुरक्षा र सङ्रक्षण गर्ने सम्बन्धी आदेश २०७७ को जानकारी इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले गराउनु भएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…