मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि प्रहरी प्रशासन सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ ।
कार्यक्रममा अधिकार संरक्षणका कुरा सँगै मानव अधिकारकर्मीहरूको बीमाको समेत व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले मानव अधिकार संरक्षणमा राज्यले आफ्नो दायित्व पुरा गर्ने विषयमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले गृह मन्त्रालयले जारी गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणसम्बन्धी आदेश–२०७७ नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत ड्राफ्टको अक्षरस पालना गर्ने, सूचनाको सहज रुपमा उपलब्ध गराउने तथा हिरासत अनुगमन र नीरिक्षणका लागि अनुरोध समेत गर्नु भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिबाट जिल्लाको मानव अधिकार अवस्थाको जानकारी गराउनुको साथै गृह मन्त्रालयबाट जारी गरेको आदेश पत्र पढेर सुनाइएको थियो ।

नारायण पराजुली
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…