मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),बझाङको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरणसम्बन्धी अन्तरक्रिया तथा जिल्ला स्तरीय मानव अधिकार सञ्चाल गठन कार्यक्रम असोज ८ गते चैनपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय दलित नेट वर्कका केन्द्रय सदस्य श्याम सुनारले मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्न र मानव अधिकार रक्षकहरुका चुनौतीहरुलाई कम गर्नका लागि जिल्ला तहमा मात्रै नभई स्थानीय तहमा पनि मानव अधिकार सञ्जालहरु गठन गरी मानव अधिकारका मुद्दाहरुको पैरवी गर्न आवश्यक भएको बताउनु भयो ।
पत्रकार महासंघ, बझाङका अध्यक्ष जगदीस रोकायाले मानव अधिकार हन्नका घटनाहरु भइरहेको अवस्थामा पनि पीडितका पक्षका बोल्न नसकिएको बताउँदै आगामी दिनमा मानव अधिकार रक्षकले सयुक्त रुपमा वहसपैरवी गर्न आवश्यक रहेको बताउनु भयो ।
पत्रकार बसन्तप्रताप सिंहले संविधानमा व्यवस्था गरिएका नागरिकहरुका मौलीक अधिकार गाँस, बाँस र कपास जस्ता आधारभूत अधिकारहरुबाट वन्चित भएको परिवेशमा मानव अधिकारकर्मीहरुले मौलिक अधिकारको कार्यन्वयनका लागि सरकारलाई खबरदारी र जवाफदेखि बनाउन आवाज उठन आवश्यक रहेको बताउनु भयो ।
यो संजाल गठन भएर भावि दिनमा जिल्लाको मानव अधिकारको अवस्था बुझविस्तार गर्ने साथै मानवअधिकारको प्रत्याभुतका लागी पैरबी बसह गर्ने भएको पनि समितिले वताएको छ । अनौपचारीक सेवा केन्द्र इन्सेकको आयोजनामा र डिसिए परियोजना अन्र्तगत संजाल गठन गरिएको हो ।
मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले दलित अधिकारकर्मी भिम रसाइलीको सयोजकत्वमा वकिल, पत्रकार, नागरिक समाजका अगुवा र विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि गरी ११ सदस्यीय मानव अधिकार रक्षकहरुको जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल पनि गठन गरिएको छ ।
आगामी दिनमा मानव अधिकार रक्षक सञ्जालले सबैसँग समन्वय र सहकार्य गरी मानव अधिकार अभियानलाई अगाडी बढाउने सञ्जालका संयोजक भिम रसाइलीले बताउनु भयो ।
सञ्जालको सल्लाहाकार समितिमा नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंह, जिल्ला बार इकाई, बझाङका अध्यक्ष महोन दौल्याल, दलित अगुवा श्याम सुनार, पत्रकार बसन्तप्रताप सिंह र जगदीस रोकाया रहनु भएको छ ।
रमेश केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका…
वातावरणीय प्रदुषण कम गर्न माग गर्दै सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र
प्रदेश स्तरीय मानव अधिकार समूहले कर्णालीमा निमार्णाधीन तथा चालु सडकहरु उचित व्यवस्थापनका साथ निमार्ण तथा सञ्चालन गर्न माग गर्दै जेठ १३ गते सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको…
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचासरक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको…
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…
गणतन्त्र दिवसको अवसरमा इन्सेकद्वारा शहीदको सम्झनामा दीप प्रज्वलन
गणतन्त्र दिवसको अवसरमा सशस्त्र द्वन्द्वमा राज्य र तत्कालीन विद्रोही पक्षबाट मारिएका शहीदहरूको सम्झनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले जिल्लामा जेठ १५ गते दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।…