मानव अधिकार रक्षकहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

  २०८१ जेठ १६

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यक्रम ०८१ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ ।

photo20240529kailali (3)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुले मानव अधिकारको अनुगमन गरी, नागरिकलाई कर्तव्यनिष्ठ बनाउदै, जनताका कुण्ठित भएका आवाज उठान गरी राज्यलाई खबरदरी र जवाफदेही बनाउनु पर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सिमान्तकृत वर्गको अधिकार संरक्षण, मानव अधिकार अनुगमन, तथ्य संलकन एवंम अनुसन्धान र मानव अधिकारको सम्मान तथा संरक्षणका लागि राज्यको दावित्व विषयमा सहजीकरण गर्नुभएको थियो ।

photo20240529kailali (4)

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले घटनाको अनुगमन र सूचना संकलन तथा अभिलेखिकरण, यसको उद्देश्य, विधि, अभिलेखिकरणले ल्याएको परिणाम र यसको महत्वको बारेमा सहजीरकण गर्नुभएको थियो ।

दलित अधिकार मञ्चकी संयोजक सृजना पराजुलीले घटनाको अभिलेखिकरणसँगै पीडितहरुले न्याय पाए नभएको अवस्थाका बारेमा  पनि अद्यावधिक गरी पीडितको पक्षका थप वकालत गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20240529kailali (1)

क्षमता अभिबृद्धि कार्याक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशिल सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाका मानवअ अधिकार समूहका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

photo20240529kailali (2)

मैनामोती चौधरी