मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

  ०७८ साउन ५ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा तथा क्षमता अभिबृद्धी तालिम साउन ५ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले इन्सेकको परिचय र मानव  अधिकार रक्षकहरुको संरक्षणमा इन्सेकको भुमिका, असहज  परिस्थितिमा माानव अधिकार रक्षकहरुले अपनाउने सुरक्षा र रणनीति, आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको अनुगमनबारे सहजिकरण  गर्नु भएको थियो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकको परिभाषा,  अधिकार र दायित्व, मानव अधिकार अनुगमन तथा घटनाको स्थालगत अध्ययन गर्दा अपनाउनु पर्ने विधि तथा आचार संहितासम्बन्धी सहजिकरण गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख मोहनदेव जोशीले मानव अधिकार रक्षकसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रावधान र राष्ट्रिय मानव अधिकार आयोगको  भुमिका बारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी विश्व अधिकारीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा नेपाल प्रहरीको भुमिका विषयमा सहजिकरण गर्नु भएको थियो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकार अभिलेखिकरण र यसको महत्वका सम्बन्धमा प्रस्तृतिकरण गर्नु भएको थियो ।

कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समुहका सदस्य गीतादेवी चौधरीले  तालिममा समावेश गरिएका विषयवस्तु महत्वपूर्ण रहेका र दुई दिनसम्म सिकेको ज्ञान र शिपलाई ग्रामीण तहमा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि व्यवहारतह लागु गर्ने बताउनु भयो ।

गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहका सदस्य माया जोशीले कोभिड—१९ को बेलामा  गाउँटोलमा गएर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गरिदै आएको भएपनि दुई दिनको तालिममा भएको छलफलले मानव अधिकारका सवालमा काम गर्न थप मदत पुग्ने बताउनु भयो ।

Photo20210720kailali (1)

Photo20210720kailali (4)

Photo20210720kailali (5)

Photo20210720kailali (6)

Photo20210720kailali 2

photo20210720kailali3

मैनामोती चौधरी