मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी मस्यौदा विधेयकका बारेमा माघ २२ गते मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको छलफलका क्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । लुम्बिनी प्रदेश सरकार मानव अधिकारप्रति गम्भीर रहेको उल्लेख गर्दै उहाँले सरकारलाई थप आर्थिक भार नपर्ने गरी कानुन निर्माणका लागि पहल गर्ने बताउनु भयो । लुम्बिनी प्रदेश राजधानी भालुवाङ पुगेर इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, सार्वजनिक सरोकारका सवालमा वकालत गर्दै आइरहेको सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठ र इन्सेक लुम्बिनी प्रदेश कार्यालय, बाँकेका संयोजक भोला महतको संयुक्त टोलीले मुख्य मन्त्रीसँग भेट गरी मानव अधिकार रक्षकहरूको संरक्षण र सुरक्षाका लागि कानुन निर्माणबारे छलफल गरेको हो ।
विगत लामो समयदेखि इन्सेकले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माण अपरिहार्य भएको भन्दै सङ्घ तथा प्रदेश सरकारहरूसँग आवस्यक कानुन निर्माणका लागि वकालग गर्दै आएको छ । भेटघाटका क्रममा इन्सेकका कार्यकारी निर्देशक गौतमले मानव अधिकार रक्षकहरूको संरक्षण र सुरक्षाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र प्रयासहरूका विषयमा मुख्यमन्त्री आचार्यलाई जानकारी गराउनु भएको थियो । सो अवसरमा वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले प्रदेश सरकारलाई कुनै आर्थिक व्ययभार नपर्ने गरि कानुन निर्माण गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यलाई हिउँदे अधिवेशनमै छलफल गर्ने गरि प्रक्रिया अगाडि बढाइदिन अनुरोध गर्नुभएको थियो ।
छलफलमा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीको पनि सहभागिता थियो । इन्सेकले यसअघि नै लुम्बिनी प्रदेश सरकारलाई मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्वन्धी विधेयकको मस्यौदा बुझाइसकेको छ ।
जयनारायण पुन
सम्बन्धित इन्सेक गतिविधिहरू
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ…
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…