मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकका विषयमा छलफल
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नको लागि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहसँग छलफल गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको सहित नागरिक समाजका प्रतिनिधिको टोलीले ०८१ भदौ २४ गते मन्त्री शाहसँग छलफल गरेको हो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले अरुको अधिकारका लागि वहस र पैरवी गर्ने मानव अधिकार रक्षकका लागि उक्त विधेयकले थप सहयोग पुर्याउने भन्दै त्यसमा आवश्यक पहल चाल्न अनुरोध गर्नुभयो । उहाँले मानव अधिकार रक्षकका लागि छुट्टै कानुनको आवश्यक महशुस गरेर सरकारसँग समन्वय गरी इन्सेकले उक्त विधेयकको ड्राफ्ट तयार गरेको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणमा यो विधेयकले कोसे ढुङ्गा सावित गर्ने बताउनु भयो । छलफलका क्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले यस विषयमा अध्ययन गरेर सैद्धान्तिक सहमतिका लागि पठाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले यस्ता विधेयकले सरकारलाई पनि तथ्याङ्क लगायतका विषयमा सहयोग पुग्ने बताउनु भयो । कर्णाली प्रदेश सरकार समक्ष सैद्धान्तिक स्वीकृतिका लागि पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिका लागि ०८० माघ २३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ २४ गते आर्थिक मामिला तथा योजना मन्त्रालयमा सहमति सम्बन्धी पत्र पठाएको थियो । यसअघिका अर्थमन्त्री बेदराज सिंहसँग समेत इन्सेक लगायतको टोलीले छलफल गरेको थियो । तर, राजनीतिक फेरबदलका कारण उक्त विधेयकको सैद्धान्तिक सहमतिका लागि ढिलाई भएको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…