मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया सम्पन्न

  ०७८ साउन ११ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम कैलारी गाउँपालिकामा साउन ११ गते सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले नेपाल सरकारले ०७७ मा जारी गरेको मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी आदेशका सम्बन्धमा जानकारी गराउन र यसको प्रभावकारी कार्यान्वयका लागि सम्बन्धीत पक्षको ध्यानकर्षण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउँदै यसको प्रभाकारी कार्यान्वयन गरिनु पर्ने बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, कैलारीका असई मोहन बोहराले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्बन्धि जारी आदेशलाई कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध रहेको र मानव अधिकारका मुल्य मान्यताहरुलाई आत्मसाथ गरेर प्रहरीले नागरिकहरुसँग समन्वय गरी सुरक्षा प्रर्दान गर्दै आएको बताउनु भयो ।

कैलाली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु चौधरीले मानव अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुको थप सुरक्षा गर्न नेपाल सरकारले जारी गरेको आदेश सकारात्म रहेको बताउँदै बहुविवाहका घटनाहरु ग्रामिण क्षेत्रमा हुँदै आएकोले यसको रोकथाम र नियन्त्रणका लागि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो ।

कैलारी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भिखराम चौधरीले स्थानीय तहमा निर्माण गरिएका मानव अधिकार रक्षकहरुसँग समन्वय र सहकार्य गरेर मानव अधिकारको प्रर्वदन गर्नका कार्यहरु गर्न आफू तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भयो ।

मानव अधिकार रक्षक सञ्जालका सदस्य गिता चौधरीले कहिले पनि गाउँघरमा, बालबिवाह, बुहुविवाह तथा महिला हिंसाका घनटाहरु हुँदै आएको भएपनि पीडित पक्षहरुलाई कानुनी ज्ञान र सहयोगको अभावमा घटनाहरु सतहीकरण हुन नसकेको बताउँदै यस प्रकारका पीडितहरुको पक्षमा सम्बन्धित सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

photo20210727kailali(3)

photo20210727kailali (2)

photo20210727kailali (1)

मैनामोती चौधरी