मानव अधिकार रक्षकको पक्षमा कानुन बन्नुपर्छः अध्यक्ष श्रेष्ठ
मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि कानुन बन्नुपर्नेमा इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले जोड दिनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा चैत १० गते सुर्खेतमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय मानव अधिकार तालिममा बोल्दै डा. श्रेष्ठले मानव अधिकारकर्मीहरू नै असुरक्षित बनेकाले मानव अधिकारकर्मीको पक्षमा नमूना कानुन निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।
मानव अधिकार रक्षकहरूका पक्षमा बोल्ने ऐन बनाउनुुपर्ने भन्दै स्वतन्त्ररुपमा बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ थियो ।
तालिममा सहभागिहरूलाई पीडितको न्यायको पक्षमा बोल्न सुझाउँदै घटनाको सुक्ष्म अध्ययन गर्नुपर्ने र अध्ययन पछाडिको परिणाम महत्वपूर्ण हुने बताउनु भयो ।
मानव अधिकार उल्लङ्घन र ज्याद्तीका घटनाको चर्चा गर्दै मानव अधिकार रक्षकहरूले काम गर्दा कर्तव्य र अधिकार भुल्न नहुने उहाँको भनाइ छ ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार संरक्षणमा रक्षकहरूको भूमिका महत्वपूर्ण हुने भन्दै तालिमले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
तालिममा मानव अधिकार उल्लङ्घनका घटनाहरू दस्तावेजिकरण, पैरवीका औजार र विधिहरू, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको परिचय, मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमनका प्रक्रिया, मुलुकी फौजदारी तथा देवानी संहिता र मानव अधिकार उल्लङ्घनका घटनामा अदालतबाट फैसला भएका घटनाका नजिर लगाएतको विषयमा छलफल हुने मानव अधिकार रक्षकको संरक्षण सवाल सम्बोधन कार्यक्रमका परियोजना संयोजक किरण पौडेलले जानकारी दिनु भयो ।
तालिममा दैलेखको आठविस नगरपालिका र दुल्लु नगरपालिकाका मानव अधिकार रक्षकहरूको सहभागिता रहेको छ ।
पुर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…