मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम

  ०८० असाेज ३ गते

मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम  सुर्खेतमा सुरु गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले मानव अधिकारको क्षेत्रमा कामगर्ने मानव अधिकार रक्षक आफू मनोसामाजिकरुपमा ठिक भएमात्रै समाजमा काम गर्न सक्ने बताउनुभयो ।

प्रमुख शाहीले मनोसामाजिक समस्या विकराल बन्दै गएको भन्दै मानव अधिकार रक्षकलाई पनि त्यस्तो समस्या उत्पन्नहुने भएकोले उक्त तालिमले महत्वपुर्ण भूमिका खेल्ने विस्वास व्यक्त गर्नुभयो ।

त्यस्तै मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानसिक रुपमा आएका समस्या व्यवस्थापन गर्न सक्नु नै मनोसामाजिक समस्याबाट छुटकरा पाउनु रहेको बताउनुभयो ।

संयोजक ढकालले शान्ति, प्रेम र धैर्य यी तीन विषयलाई ख्याल गरेर जीवन अगाडि बढाए मानसिक रुपमाहुने समस्याबाट समाधान गर्न सकिने बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेश भक्त गौतमले मानोसामाजिक समस्या बाहिर केही नदेखिने भएपनि भित्रिरुपमा त्यसको समस्या विकरालहुने र समयमै उचित परामर्श आवश्यक रहेको बताउनुभयो ।

प्रमुख गौतमले समाजिक रुपमा अपहेलनाहुने डरले मानसिक समस्या भएकाहरु स्वास्थ्य संस्थामा खुलेर नआएको बताउँदै फेरिदो जीवनशैली र सुविधा भोगीबानीका कारण यो समस्या विकरालबन्दै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

त्यसै गरी इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अरुको अधिकारका लागि आवाज उठाउने मानव अधिकार रक्षक आफैलाई पनि मनोसामाजिक समस्या हुनसक्ने भएकोले त्यसको समाधानका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । यो तालिमबाट रक्षकहरुले समाजमा मानोसामाजिक समस्याको संयोजक सुवेदीले पहिचानगर्न सहजहुने विस्वास व्यक्त गर्नुभयो । तालिमबाट सिकेका ज्ञान र सिपहरु व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र रुकुमपश्चिमबाट २५ जना मानव अधिकार रक्षकहरुको सहभागीता रहेको इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले जानकारी दिनुभयो ।

तालिमको प्रशिक्षकका रुपमा मनोसामाजिक विमर्शकर्ता सर्मिला विसी, मनोरोग विशषेज्ञ डा. सुशील समदर्शी र क्लिनिकल साइकोलोजिस्ट पुर्ण रावत रहेका छन् । प्राथमिक मनोवैज्ञानिक सेवाको परिचय र सिद्धान्त, मनोसामाजिक सहयोगकाआधारभूतसिप, सिद्धान्त तथा सामनागर्ने सिप, तनाव रोगकाचक्र, कारण, असर, लक्षण र पहिचानसम्बन्धी छलफल, मानसिक स्वास्थ्य सम्बन्धी लान्छनातथाविभेदको अवस्था, कारण र असरको विषयमा प्रशिक्षण दिनेछन् । त्यस्तै गरी आधारभूत सञ्चार सिप, मनोसामाजिक समस्या र चिकित्सा विज्ञान, सहयोग संयन्त्रसिफारिस प्रक्रिया र पद्धति र आरामदायी अभ्यासको विषयमा समेत प्रशिक्षकहरुले छलफल र अन्तरक्रिया गर्नेछन् ।

Photo20230920Surkhet (3)

Photo20230920Surkhet (7)

Photo20230920Surkhet (4)

thumbnail_20230920_094404

Photo20230920Surkhet (5)

Photo20230920Surkhet (6)

जगतदल जनाला विक