मानव अधिकार मैत्री पालिका निर्माणमा सरोकारवालाको भुमिका
आठबीस नगरपालिकालाई मानव अधिकार मैत्री नगरपालिका निर्माण सवालमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते आठबीस नगरपालिकाको राकममा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख नवराज शर्माले मानव अधिकार मैत्री पालिका निर्माणको आवश्यकता भएको बताउनु भयो ।
समाजमा बालविवाह, बहुविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेको इलाका प्रहरी कार्यालय राकमका इन्स्पेक्टर लोकबहादुर कार्कीले बताउनु भयो । कतिपय गम्भीर प्रकृतिका घटना पनि गाउँमा मिलापत्र हुने गरेको कार्कीले जानकारी दिनु भयो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले आठबीस नगरपालिकालाई मानव अधिकार मैत्री पालिका बनाउन मानव अधिकार विभिन्न सूचक तयार गरी आजैदेखि कामको सुरुवात गरिनु पर्नेमा जोड दिनु भयो ।
संयोजक सुवेदीले आठबीस नपाका लागि प्रस्तावित मानव अधिकार निर्देशिकामा समावेश गरिनु पर्ने विषय, मानव अधिकार निर्देशिका बनाउनु पर्ने कारण र यसका अपेक्षित प्रतिफलका सम्बन्धमा सहजीकरण समेत गर्नु भएको थियो ।
कार्यक्रममा ५, ६, ९ र ७ नम्बर वडाका वडाध्यक्षहरू र नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षक, सामाजिक सङ्घसंस्थाका प्रमुख र मानव अधिकार रक्षक सञ्जालका सदस्य लगायत अन्य शाखा प्रमुखहरुको पनि सहभागिता थियो ।
समुदायमा हुने अधिकांश घटना उजुरी प्रक्रियामा नजाने, न्यायिक समिति र प्रहरीको क्षेत्राधिकारको बारेमा अन्यौल, र गम्भीर प्रकृतिका घटना पनि गाँउ घरमै मिलापत्र गर्ने तथा घटनाहरुमा राजनीतिक हस्तक्षेप हुने गरेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
समाजमा रहेको अहिलेको अवस्थामा सुधार गर्दै जाने हो भने पालिकालाई मानव अधिकार मैत्री पालिका बनाउन सकिने ७ नम्बर वडाका वडाध्यक्ष जैसिंह कठायतले बताउनु भयो ।
पलिकाको को सवै वडामा कानुनी सचेतना कार्यक्रम संचालन गर्नु पर्ने ५ नम्बर वडाका वडाध्यक्ष बजीरसिंह विकले जोड दिनु भयो । प्रहरीले हेर्ने मुद्दा र न्यायिक समितिले हर्ने उजुरी प्रक्रिया उनीहरुको क्षेत्रअधिकारका विषयमा समुदायमा सचेतना मुलक कार्यक्रम गर्न वडा नम्बर ९ का वडाध्यक्ष शेरबहादुर सिजापतिले सुझाव दिनु भयो ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…