मानव अधिकार मैत्री नगर घोषणाको तयारी
दैलेख जिल्लाकाे दुल्लू नगरपालिकालाई मानव अधिकार मैत्री नगरपालिका घोषणाको तयारी भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालयले सञ्चालन गरेको ‘अधिकार–२ परियोजना’को पहल दुल्लूलाई मानव अधिकार मैत्री नगरपालिका घोषणाको तयारी भएको हो ।
मानव अधिकार र सामाजिक न्यायको निम्ति तीन दशक अघिदेखि काम गर्दै आएको इन्सेकले ‘अधिकार–२ परियोजना’ कार्यक्षेत्रका स्थानीय सरकारलाई मानव अधिकारका सवालमा सवलीकरण र पृष्ठपोषण सहयोग गर्दै आएपछि मानव अधिकार मैत्री नगरपालिका घोषणाको आधार तयार भएको हो ।
परियोजना क्षेत्रका स्थानीयस्तरमा क्रियाशील सामाजिक अभियन्ताहरुको अग्रसरतामा मानव अधिकार रक्षक सञ्जाल गठन गरी ‘अधिकार–२ परियोजना’ले महिला हिंसा र जातीय विभेद निर्मूल पार्ने क्रियाकलापहरु गरिरहेका छन् ।
महिला माथि हिंसा र जातीय विभेद समस्या अन्त्यका लागि समुदायमा गरिएका क्रियाकलापले ल्याएको परिवर्तन र स्थानीय सरकारको सवलीकरणपछि दुल्लू नगरपालिका मानव अधिकार मैत्री घोषणा गर्न लागिएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।
मानव अधिकार मैत्री नगरपालिका घोषणाका लागि मङ्सिर १७ गते दुल्लूमा भएको छलफलमा इन्सेकका प्रदेश संयोजक सुवेदीले आवश्यक पर्ने नीति र आधारबस्तु बारे सहजीकरण गर्नुभयो । नगरपालिका आफैले निर्देशिका बनाएपछि मात्र मानव अधिकार मैत्री नगरपालिका बन्ने प्रष्ट्याउनुभयो ।
परियोजनाले हेर्ने महिला माथि हुने हिंसा र जातीय विभेदको अलवा सामाजिक न्यायका सबै क्षेत्रमा ‘अधिकार–२ परियोजना’ र दुल्लू नगरपालिकाको सहकार्यमा शान्ति, अमनचैन र सुशासन प्रवद्र्धन सहयोग गरिरहेको ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेलले बताउनुभयो ।
मानव अधिकार मैत्री नगरपालिका घोषणा तयारी सम्वन्धी छलफल कार्यक्रममा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की, प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल लगायतले ‘अधिकार–२ परियोजना’का क्रियाकलापमा सहकार्य र भावी योजना विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
यसैबीच इन्सेकका प्रदेश संयोजक सुवेदी, ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक पौडेल र इन्सेकको इएलपी कार्यक्रमका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाको उपस्थितिमा दुल्लू नगरपालिका स्तरका दुई वटै मानव अधिकार रक्षक सञ्जालको बैठक बसेको थियो ।
बैठकमा मानव अधिकार सञ्जालले परियोजनाको एक वर्ष अवधिमा गरेका काम, यसका प्रभाव र भावी योजना बारे विचार विमर्श भएको थियो । सामाजिक सवालमा अग्रसरता लिंदा मानव अधिकार रक्षकहरुलाई हुन सक्ने जोखिम र सुरक्षा रणनीतिका विषयमा छलफल केन्द्रित भएको थियो ।
हिला माथि हुने हिंसा र जातीय विभेदको अलवा सामाजिक न्यायका क्षेत्रमा पहरेदारी गरिरहेको ‘अधिकार–२ परियोजना’ कर्णाली प्रदेशका १० वटै जिल्लामा सञ्चालित छ । समुदायस्तरमा क्रियाकलाप केन्द्रित गर्न दैलेखका दुल्लू र आठबीस नगरपालिका अनि सुर्खेतको बीरेन्द्रनगरपालिकामा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएका छन् ।
समुदाय स्तरमा मानव अधिकारका सवाललाई समुदाय स्तरबाटै समाधान गर्न र सामाजिक न्याय प्रवद्र्धन गर्न मानव अधिकार रक्षक सञ्जालहरुले स्थानीय तहसंग समन्वयमा काम गरिरहेका छन् । मानव अधिकार प्रवद्र्धनका क्षेत्र क्रियाशील इन्सेकसंगको सहकार्यलाई स्थानीय तहहरुले सामाजिक बिकृति र बिसंगति हटाउन सहयोगी ठानेका छन् ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…