मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक: घिमिरे
जिल्ला सरकारी वकिल कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले मानव अधिकार प्रवर्धनमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दैलेखमा असार ६ गते आयोजना गरेको वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
जिल्ला न्यायाधिवक्ता घिमिरेले इन्सेकले मानव अधिकार वर्ष पुस्तक र प्रकाशन गर्ने अरु प्रकाशनमा अदालती भाषा प्रयोग गर्न सुझाव दिनुभयो । ‘अदालती भाषा प्रयोग भएमा घटनाको परीक्षण र पुनर्पुष्टीमा सहज पुग्छ’ उहाँले प्रष्ट्याउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले महिला हिंसाको उपज नै बालविवाह भएकाले बालविवाह रोकथाममा नागरिक समाजको अग्रसरता बढाउन आग्रह गर्नु भयो ।
सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले कानूनी प्रक्रियामा नआएका र लुकेका सबैजसो घटनाहरू खोजी गरी प्रकाशनमा ल्याउन सके समाजमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक विशाल सुनारले इन्सेकको वर्ष पुस्तकमा प्रकाशित हुने घटनाहरू परीक्षण गर्ने पद्धति राम्रो भएको र सरोकारवाला निकायले दिएका सुझाव अनुसार सुधार गर्नुपर्नेमा जोड दिनु भयो ।
अधिकारकर्मी डिलकुमारी चन्दले महिला तथा बालिका माथि हुने बलात्कार, बहुविवाह, छाउपडी प्रथा लगायत सबै प्रकारका हिंसा, जातीय विभेद हटाउन स्थानीय सरकारको तत्परता चाहिएको बताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२२ को जनवरीदेखि जुन महिनासम्म सङ्कलित ३२ वटा घटना मध्ये तीन वर्ष मुनिका बालबालिकाको हत्या दुई, बलात्कार १०, बहुविवाह पाँच, घरेलु हिंसा नौ, बालविवाह तीन, यौन दुर्व्यवहारका दुई र एक अभद्र व्यवहारसम्बन्धी घटना अभिलेखीकरण गरिएको जानकारी दिनुभयो ।
सङ्कलित घटनाका विवरण सुनाइसकेपछि सरकारका निकाय र नागरिक समाजका प्रतिनिधिबीच खुला छलफल भएको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…