मानव अधिकार प्रवर्धनका लागि सचेत रहेको उपमेयरको भनाइ
नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले मानव अधिकार प्रवर्धनका लागि आफूहरु सचेत रहेको बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदी नेतृत्वको टोलीसँग जेठ २० गते उपमेयर थापाले सवाल प्राथमिकीकरणमा जुटेको सुनाउनु भयो ।
मानव अधिकारको सवाललाई प्राथमिकीकरण गर्दा सबै भन्दा धेरै महिला माथि हुने हिंसा, त्यसको अलवा जातीय विभेद लगागतका कुरीति, कुसंस्कार विद्यमान रहेकाले यी सबै समाधानका लागि नागरिक समाजसँगको सहयोग चाहिएको उपमेयर थापाले बताउनु भयो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक सुवेदीले इन्सेकका प्रकाशन हस्तान्तरण गर्दै हिंसा रोकथाम र समाजमा रहेका सबै प्रकार विभेद असमानता न्यूनीकरण गर्दै पछाडि पारिएका नागरिकहरुको सामाजिक न्याय प्रत्याभूति दिलाउन नगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले सिमान्तकृतहरूका लागि जेठ २० गते जातीय विभेद र लैङ्गिक हिंसासम्बन्धी कानुनी सचेतना कार्यक्रम गरेको छ ।
नमूनाबस्तीका वादी समुदायलाई जातीय विभेद तथा लैङ्गिक हिंसाबारे कानुनी व्यवस्था र अधिकार प्राप्तिका लागि कानुनी उपचार विषयमा अधिवक्ता मातृकाप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो ।
जेठ २० गते नै इन्सेकको ‘अधिकार २’ परियोजना अन्तर्गत दैलेख सदरमुकाममा गठित मानव अधिकार रक्षक सञ्जालले गरिरहेको मानव अधिकार प्रवर्धनसम्बन्धी काम र यसको प्रभाव विषयमा समीक्षा गरिएको छ ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…