मानव अधिकार प्रवर्द्धनमा चलचित्रले भूमिका खेल्नुपर्नेमा सरोकारवालाको जोड
नेपाली चलचित्रमार्फत आगामी दिनमा मानव अधिकारको प्रवर्द्धन र संरक्षणमा सहयोगी भूमिका खेल्नुपर्नेमा मानव अधिकारकर्मी एवंम् सरोकारवलले जोड दिएका छन् ।
इन्सेकले ०८० भदौ ४ गते काठमाडौँमा आयोजना गरेको मानव अधिकार प्रवर्धनमा चलचित्रको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा मानव अधिकारकर्मी, चलचित्रकर्मी तथा सामजिक अभियन्ताहरूले उक्त विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) का सल्लाहकार एवम् वरिष्ठ चलचित्रकर्मी निर शाहले चलचित्रले मानव अधिकार प्रवर्द्धनको विषय आफ्नो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । शाहले साहित्य र सङ्गीतको फाँटमा जस्तै मानव अधिकार संरक्षणको विषयमा पनि चलचित्रकर्मी केन्द्रित हुन सके नेपाली चलचित्रले उल्लेख रूपमा प्रगति गर्न सक्ने उल्लेख गर्नुभयो ।
मानव अधिकारकर्मीले मानव अधिकारका कथावस्तु र मुद्दा राम्रोसँग बुझेको हुनाले उनिहरूले स्क्रिप्ट लेखनको काम गर्नुपर्ने र चलचित्र निर्देशनमा पोख्त भएका चलचित्रकर्मीले उक्त स्क्रिप्टलाई चलचित्रको रूपमा विकास गर्दा सुनमा सुगन्ध हुने शाहको भनाई छ ।
त्यस्तै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सञ्चार भित्रको समाजलाई जोड्न सक्ने शक्तिशाली मध्यम नै चलचित्र भएको बताउनु भयो । सभ्य र सुसंस्कृत देशमा मानव अधिकार र चलचित्र संस्कृतिको प्रतिविम्ब भएकाले आगामी दिनमा चलचित्र निर्माताले चलचित्र बनाउँदा लैङ्गिक समावेशीकरणलाई समेत ध्यानमा राख्दै समाजमा पछाडि परेका वर्गको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मुद्दालाई लिएर चलचित्र बनाउनु पर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी नेपाली फिल्म तथा सांस्कृतिक एकेडेमीका अध्यक्ष केपी पाठकले मिडिया मध्ये नागरिकमा चेतना जगाउन बढी प्रभावकारी मानिएको मध्यम चलचित्र भएकाले मानव अधिकारका विषय प्रवर्द्धनका लागि चलचित्रको भरपुर प्रयोगको आवश्यकता रहेको औँल्याउनु भयो । उहाँले सामाजिक मुद्दामा चलचित्र बनाउँदा आफूहरूलाई कुनै सामाजिक संस्थाको पैसा खाएर बनाएको आरोप लाग्ने गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै अधिकारकर्मी शोभाखर बुढाथोकीले चलचित्रले वाक स्वतन्त्रताको कुरा प्रस्तुत गर्ने भएकाले चलचित्रका माध्यमबाट राज्यको गलत प्रणालीविरूद्ध हस्तक्षेप गर्न सकिने बताउनु भयो । उहाँले चलचित्रले नागरिकमा मानव अधिकार शिक्षा प्रवर्द्धन गर्न र जनचेतना जगाउन काम गर्ने भएकाले नागरिक सङ्घसंस्था र चलचित्र निर्माताहरूबीच नागरिकका मुद्दा उठाउने विषयमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
चलचित्रकर्मी यादव कुमार भट्टराईले मानिसले कुनै पनि व्यक्तिले चलचित्र हेरिसकेपछि मानव अधिकारको संरक्षण गर्न प्रेरित गर्ने किसिमका चलचित्र बनाउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले मानव अधिकार मैत्री फिल्म बनाउनका लागि सामाजिक सङ्घसंस्थाले भौतिक, आर्थिक र राजनैतिक रूपमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
चलचित्रकर्मी ऋषि लामिछानेले नेपाली चलचित्रले सिमान्तकृत र पिछडिएको क्षेत्रको बारेमा बोल्नुपर्ने उल्लेख गर्नुभयो । लामिछानेले चलचित्रका दृश्यहरू मानव अधिकारका दृष्टिकोणबाट आउनु पर्नेमा जोड दिनुभयो ।
अधिकारकर्मी सरोजदिलु विश्वकर्माले विभिन्न सामाजिक मुद्दा न्यूनीकरणमा राज्यले वर्षेनी बजेट छुट्टयाउने भएकाले नागरिक सङ्घसंस्था र चलचित्रकर्मीले सामाजिक मुद्दामा बन्ने चलचित्रका लागि बजेट माग गर्न पहल गर्नुपर्ने बताउनु भयो ।
विमल पौडेल
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…