मानव अधिकार प्रत्याभूति राज्यको दायित्व: प्रजिअ अधिकारी
दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हरेक नागरिकको सुरक्षा र मानव अधिकार प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारीले पछिल्लो समयमा सुशासनको अभ्यासलाई थप बल पुर्याउन मानव अधिकार प्रवर्धनका कार्यहरू राज्यका निकायहरूले प्रमुखताका साथ गरिरहेको जानकारी दिए । उनले मानव अधिकार हननका घटनाहरू कानुनी प्रक्रियामा ल्याउन नागरिक समाजको सहयोगको अपेक्षा गरेका छन् ।
कार्यक्रममा नेपाल बार एशोसियशन दैलेखका जिल्ला अध्यक्ष यामराज थापाले उजुरी आएकै आधारमा मानव अधिकार हनन् भएको भन्ने अभिलेख र दस्तावेजीकरण नगर्न इन्सेकलाई सुझाव दिए । अदालतको फैसला र पुनारावेदनबाट समेत पुष्टी भएपछि मात्र वास्तविक रूपमा मानव अधिकार हनन् भएको ठहर्ने उनको धारणा थियो ।
त्यसबखत इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०१७ को जनवरीदेखि यता ६ महिना अवधिमा भएका १ नवजात शिशुको हत्या, ८ ओटा बहुविवाह, १६ ओटा घरेलु हिंसा, एउटा जातीय विभेद र चार ओटा कुटपिटसमेत ३० ओटा मानव अधिकार हनन् तथा ज्यादतीका घटना सङ्कलन गरएको जानकारी दिए । घटनाका विषयमा नागरिक समाजका प्रतिनिधि तथा सरकारी अधिकारीहरूसँग छलफल भएको थियो ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…