मानव अधिकारप्रति स्थानीय तह सरकारको प्रतिबद्धता

स्थानीय तहको सरकार मानव अधिकारप्रति प्रतिबद्ध रहेको र नागरिकको अधिकारलाई संरक्षण गर्न लागि परेको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २७ गते गल्छी गाउँपालिका–१, २, ३ र ८ का जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि आयोजना गरेको क्षमता अभिबृद्धि तालिमको उद्घाटनमा जिसस प्रमुख नेपालले सो कुरा बताएका हुन् ।

स्थानीय तहमा नागरिकले निर्वाचित गरेको अवस्थामा नागरिकको अधिकारको सुनिश्चित हुने गरी वडा तहको सरकार समेत प्रतिबद्ध रहेको नेपालको भनाइ छ ।

गाउँपालिका तहमा मानव अधिकारको प्रत्याभूति गर्दै शिक्षा, स्वास्थ्य, खाद्य अधिकार पूरा गर्न गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरिन् ।

मानव अधिकार निगरानी समूह र स्थानीय तहको सरकारसँग मानव अधिकारका लागि मिलेर काम गर्न प्रस्ताव गर्दै उपाध्यक्ष तिमल्सिनाले मानव अधिकारको अनुगमन गर्न नागरिकहरूलाई आग्रह गरिन् ।

इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकारका लागि स्थानीय नागरिकहरू सचेतना अभियानमा लागि रहेको बताए ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेकका संयोजक गौतम, इन्सेक केन्द्रीय कार्यालयकी सुबेच्छा खड्का, अधिवक्ता राधिका सापकोटा, गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले सहजीकरण गर्ने बताइएको छ ।

गोगगनपानी र कल्लेरीका ३० जनाको सहभागिता रहेको तालिममा अपराध संहिता, देवानी संहिता २०७४, न्यायिक समितिमार्फत छिनोफानो हुने मुद्दा र प्रकृया, मानव अधिकार, नेपालको संविधानले व्यवस्था गरेको मौलिक अधिकार, विकास अवधारण लगायतका विषयमा सहजीकरण गरिने छ ।

1

1

1

1

1

1

1

1

सीताराम अधिकारी