मानव अधिकार प्रति समवेदनशील छौ : प्रमुख जिल्ला अधिकारी पौडेल
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले मानव अधिकार प्रति समवेदनशील रहेको बताउनुभएको छ । .
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश सयोजक शिव खकुरेलसँग जिल्लाको मानव अधिकार अवस्थासम्बन्धी छलफलका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
स्याङ्जा जिल्लाका नागरिकहरुमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी समवेदनशील र सचेत रहेको बताउदै उहाँले नागरिकहरुले पाउनुपर्ने मौलिक हक प्रत्यभूतका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
जिल्लामा हुने मानव अधिकार हननका घटनाहरुलाई प्रशासनले न्यूनिकरण गर्न र पीडितले उचित न्याय पाउन कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जिल्लामा हुने विभिन्न खालको घटनामा चाडै भन्दा चाडै न्याय प्राप्ति र आरोपितलाई कानुन बमोजिम कारवाहीको लागि प्रयत्नशील रहेको बताउनुभयो ।
स्याङजा जिल्लामा पछिल्लो समय महिला हिंसाको घटना, बाल हिंसा, बैदेशिक रोजगारीको कारण सृजित पारिवारिक समस्याले आत्महत्याको घटना बढी रहेको, भौतिक संरचना अभावको कारण हिरासत लगायत कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु राख्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले पछिल्लो समयमा स्याङ्जाको मानव अधिकार को अवस्था र सो बारे इन्सेकले गरेको अभिलेख बारे जानकारी दिदै समयमै यस्ता विषयहरुमा सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
उहाँले इन्सेकद्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको बारेमा जानकारी दिदै इन्सेक र जिल्लाका विभिन्न सरोकारवालाहरुबिच समन्वय र सहकार्यबाट मानव अधिकार हननका घटनालाई न्यूनिकरण गर्न र पीडितलाई समयमै न्याय दिलाउन सबै पक्ष समवेदनशील बन्नुपर्ने बताउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…